0
Shares
काठमाडौं, २६ साउन । नेपाली काँग्रेसका नेता एवं नेपाल सरकारमा उप प्रधानमन्त्री प्रकाशमान सिंहले समाजमा देखिएका निराशालाई कामबाट चिर्न र जनतालाई हृदय जित्ने कार्यलाई सहज बनाउने बताए ।
संघिय राजधानीमा शनिवार विहान आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको सरकार जनता प्रति उत्तरदायी भएर काम गर्ने र जनताहरुको निराशालाई चिर्दै अघि बढ्ने बताएका हुन् ।
अहिलेको सरकार विशिष्ट अवस्थामा बनेको बताउँदै उप प्रधानमन्त्री सिंहले राजनीति निकास र आर्थिक विकासका लागि काम गर्ने बताए । जनताहरुले धेरै आशा र विश्वासका साथ मतदान गर्ने मतदाताहरुको चाहना अनुसार काम गर्ने स्पष्ट पारे ।
उनले केही दलहरूले निराशा र अस्थिरता बढाउने गरी भ्रम छरेकोमा त्यसलाई चिर्ने गरी वर्तमान सरकार काम गरिरहेको बताए ।