रौतहट, २८ साउन । साउन महिनाको अन्तिम सोमवार विहानै देखि रौतहट सहित देशभरीका विभिन्न शिवालय मन्दिरहरुमा पुजा, अर्चना, जलाभिषेक गर्ने भक्तजनहरुको घुइँचो लागेका छन् ।
साउन महिनामा भगवान शिवशंकरको पुजा अर्चना एवं जलाभिषेक गर्नका लागि उत्तम महिना मानिएको छ, सोही मान्यता अनुसार हिन्दुधर्मावलम्बिहरु साउन महिनाको चौथो एवं अन्तिम सोमवारको दिन विहानै देखि रौतहटको प्रसिद्ध शिवालयहरुमा हजारौं श्रद्धालु भक्तजनहरुको घुइँचो लागेका हुन् ।
रौतहट जिल्लाका प्रसिद्ध देवालयहरु शिवनगर, पतौरा महादेव स्थान, बानेश्वर महादेव स्थान, नुनथर सहित जिल्लाभरीमा दर्जनौं स्थानमा आज विहानै देखि मन्दीरमा पुजा गर्नेहरुको भिडभाड लागेको छ ।
यसैगरी आज पशुपतिनाथ सहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत शिवालयमा भक्तजनले बिहानैदेखि स्नान गरी महादेवको पूजा आराधन गरिरहेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन