0
Shares
काठमाडौं, २८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्रलाई नेपालको भ्रमण गर्न औपचारिक रुपमा निमन्त्रण दिएका छन् ।
नेपालको भ्रमणमा आएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्री संगको शिष्टाचारको क्रममा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपालको भ्रमण गर्न औपचारिक रुपमा निमन्त्रण दिएका हुन् ।
दुई दिने नेपाल भ्रमणको क्रममा आईतवार काठमाडौं आइपुग्नु भएका भारतीय विदेश सचिव मिस्रीले हिजो अपराह्न प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेका थिए । सोही भेटको क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षीलाई नेपालको भ्रमण गर्न निमन्त्रण दिए ।
सोमबार बिहान विदेश सचिव मिस्रीले परराष्ट्र मन्त्री आरजु राणा देउवालाई भेटेर साँझ भारत तर्फ फर्किने कार्यक्रम रहेको बुझिएका छन ।