बर्खा याममा कान पाक्ने समस्या : सावधानी र उपचार

0 Shares

बर्खा याममा धेरै मानिसमा कान पाक्ने समस्या हुन्छ । कारण, बर्खामा कान ओसिलो हुने हुनाले ढुसीको इन्फेक्सन (ओटोमाइकोसिस) हुने समस्या हुन्छ । यो साझा समस्या हो ।

कानभित्र बढी ओस हुने भएकाले यसले ढुसीको इन्फेक्सनलाई बढावा दिन्छ । बर्खामा खेतबारीमा काम गर्नेहरुको कानभित्र पानी छिर्न सक्छ । अर्कोतिर गर्मी याम पनि भएकाले धेरैले खोला, पोखरी लगायत पानी जमेको स्थान वा स्विमिङ पुलमा पौडी खेल्ने गर्छन् । यस्तो बेला कानभित्र पानी पसेर इन्फेक्सन हुने सम्भावना बढी हुन्छ । कानको जाली फुटेको रहेछ भने झनै इन्फेक्सन हुने सम्भावना बढी हुन्छ । पौडी खेल्न जाँदा खासगरी डाइभ हान्दा कानको जालीमा प्रेसर परेर जाली फुट्न सक्छ ।

बच्चाले ठुलो स्वरमा टीभी हेर्ने तथा बोलाएको नसुनेमा कानको समस्या भएको हुन सक्छ । यस्तो अवस्थामा कानको चेकजाँच गर्नुपर्छ ।

पछिल्लो समय ग्रान्डी अस्पतालमा कानसँगै नाकका बिरामी समेत बढेका छन् । खासगरी नाक बन्द हुने, हाछ्युँ आउने, पिनासका कारण टाउको दुखेका बिरामी आउने गर्छन् । घाँटीको एलर्जी, इन्फेक्सन भएका बिरामी पनि अस्पतालमा उत्तिकै मात्रामा आउँछन् ।

कान पाकेको लक्षण

  • कान चिलाउने ।
  • कान अत्यधिक दुख्ने ।
  • कान डम्म हुने ।
  • कानभित्रबाट पिप वा पानी बग्ने ।

अधिकांश मानिसले कान अत्यधिक मात्रामा चिलाउने, पाक्ने वा दुख्ने ग¥यो भने नजिकको मेडिकलमा गएर औषधि किनेर हाल्ने वा तेल हाल्ने गर्छन् । कतिपयले बडले कान कोट्याउने गरेको पाइन्छ । यसरी अनावश्यक रूपमा औषधि, तेल वा कान कोट्याउँदा कानभित्र रहेको कानको जाली फुट्ने समस्या हुन्छ ।

उपचार विधि

कान अत्यधिक मात्रामा चिलाउने, दुख्ने, डम्म हुने वा कानभित्र पिप तथा पानी बग्ने समस्या देखिएमा नजिकको चिकित्सककहाँ देखाउनुपर्ने हुन्छ ।

कतिपय अवस्थामा कानको जाली फुट्दा समेत कान दुख्न सक्छ । यस्तो अवस्थामा नाक, कान, घाँटी विशेषज्ञलाई देखाएर मात्र औषधिको प्रयोग गर्नुपर्छ ।

कानलाई कसरी जोगाउने ?

  • पौडी खेल्न जाँदा ‘एयर प्लग’ लगाउने ।
  • पौडी खेल्दा कान छोप्ने ।
  • पौडी खेल्दा डाइभ भरसक नगर्ने, कानमा प्रेसर परेर जाली फुट्न सक्छ  ।
  • पौडी खेल्दै गर्दा कान दुख्ने, चिलाउने भयो भने विशेषज्ञलाई देखाउने ।

कान दुख्ने समस्या देखियो भने कानेगुजी हटाउनुपर्छ भन्ने छैन । धेरै भएमा चिकित्सकको सल्लाहबमोजिम उचित ढंगले हटाउनुपर्छ । बडले कानेगुजी हटाउँदैन । बडको प्रयोग गर्दा उल्टै कानेगुजी कानभित्र पसेर कानको जालीलाई असर गरिरहेको हुन्छ । त्यसैले बडको प्रयोग नगर्नु राम्रो हुन्छ । कानले कानेगुजी आफैँ सफा हुने मेकानिजम् बनाएको हुन्छ । कानले जति कानेगुजी चाहिने हो त्यो राखेर बाँकी कानेगुजी आफैँ फाल्छ । यस्तै, कान पाक्ने समस्यासम्बन्धी आम जनमानसमा जनचेतना फैलाउन जरुरी छ ।

(नाक, कान, घाँटी विशेषज्ञ डा. घिमिरे ग्रान्डी अस्पतालको नाक, कान, घाँटी विभागका प्रमुख हुन् ।)

साभारः रातोपाटी

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।