कोभिड पछि नेपाल सेयर बजारमा परिसूचक नेप्से २९ सय अंकमा उक्लियो

0 Shares

काठमाडौं, २८ साउन । धेरै समयको अन्तराल पश्चात नेपाली सेयर बजारमा परिसूचक नेप्से २९ सय अंकमा उक्लिएको छ ।
नेपाली सेयर बजारमा सोमवार दिउसो १ बजे सम्म नेप्से परिसूचक ४६.३६ अंकले बढ्दै २९०७.२१ विन्दुमा उक्लिदा करिव लामो समय अन्तराल अर्थात कोभिड १९ पछिकै उच्च विन्दु मा पुगेको बताइएको हो ।
सन् २०२० मा विश्वमा कोभिड–१९ को महामारीको संक्रमणकालिन अवस्थामा नेपाल नराम्ररी प्रभावित थियो । महामारीबाट बच्न करिब १२० दिन लकडाउनको अवस्था थियो । उक्त समयमा अन्य व्यापार व्यवसायको क्षेत्र प्रायः ठप्प रहँदा सेयर बजारमा भने राम्रो कारोबार भएन ।
जतिबेला नेप्से सूचक ‘अल टाइम हाई झण्डै ३२ सयको अंकमा पुगेको थियो । त्यसयता निरन्तर ओरालो लागेर १८ सयको बिन्दुमा झरिसकेको नेप्से सूचकले पुनः उकालो यात्रा गर्न लय समातेको छ । सोमबारको कारोबार दिनमा नेप्से सूचकको २९ सय बिन्दुको यात्राले थप बढ्ने निश्चित गरेको छ ।
अघिल्लो दिन ९४ अंकले नेप्से बढ्दै गर्दा हाल सम्मकै उच्च २५ अर्ब ३३ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । आज पनि करिब २ घण्टाको समयमा १७ अर्ब ६५ करोड रुपैयाँ माथिको सेयर कारोबार भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार