रौतहट, २८ साउन । दुई दिने नेपालको भ्रमणमा रहनु भएका भारतीय विदेश सचिव विक्रम मिस्रीको मैराथन भेटघाट गर्ने क्रम जारी रहेका छन् ।
दुई दिने नेपाल भ्रमणको क्रममा हिजो आईतवार काठमाडौं आईपुग्नु भएका भारतीय विदेश सचिव मिस्रीले हिजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा संग भेटघाट गरिसेका छन् भने आज गृह मन्त्री रमेश लेखक, अर्थ मन्त्री विष्णु पौडेल सहित विभिन्न पार्टीका नेता एवं मन्त्रीहरु संग छुटाछुटै रुपमा भेटघाटलाई तिव्रता दिदै आज साँझ परराष्ट्र मन्त्री आरजु राणा देउवा संग भेट पश्चात स्वदेश फर्किन कार्यक्रम रहेका हुन् ।
यस्तै विदेश सचिव मिस्री साउनको अन्तिम सोमवारका दिन पशुपतिनाथ मन्दिरको दर्शन गरेको बताइएको छ । उनलाई पशुपति विकास कोषका पदाधिकारीहरूले स्वागत गरे । त्यस्तै, उनलाई पशुपति क्षेत्रको सांस्कृतिक सम्पदाबारे पुस्तक पनि उपहार दिइयो ।