फाईल तस्वीर
रौतहट, २८ साउन । नक्कली नेपाली नोटको कारोवारमा मधेश प्रदेशका जिल्लाहरुमा उल्लेख संख्यामा वृद्धि भएका छन् ।
अबैध रुपमा नक्कली नेपाली नोटको छपाई एवं कारोवार गर्नमा सर्लाही, वारा र रौतहट अब्बल स्थानमा रहेका हुन् ।
हुनतः पर्सा, महोत्तरी, धनुषा, सिरहा, सप्तरीमा नक्कली नोटको कारोबार भईरहेपनि रौतहट, बारा र सर्लाहीमा अत्याधिक संख्यामा कारोवार भईरहेको प्रहरीद्धारा पक्राउ परेको तथ्याँकबाट पुष्टि भएका छन् ।
मधेस प्रदेशका आठ जिल्ला मध्ये बारा नक्कली नोटको कारोबार हुने जिल्लाहरूमा दोस्रो स्थानमा परेको छ भने पहिलो स्थानमा रौतहट जिल्ला रहेको प्रहरी तथ्याँकबाट बुझिएको छ ।
प्रहरीको तथ्याँक अनुसार, आर्थिक वर्ष ०८०÷०८१ मा बाराबाट १३ लाख ८९ हजार ५ सय रुपैयाँ बराबरका नक्कली नोट बरामद गरिएका थिए । यस अवधिमा बारा जिल्लाबाट १२ जना व्यक्ति नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेको थियो ।
मधेस प्रदेशमा रौतहट जिल्ला सबैभन्दा बढी नक्कली नेपाली नोटको कारोबार हुने जिल्लाको सूचीमा रहेको छ । आर्थिक वर्ष ०८०÷०८१ मा रौतहटबाट झन्डै २० लाख रुपैयाँ बराबरका नक्कली नेपाली नोट बरामद भए । प्रहरीको अभिलेख अनुसार, पर्सा र सर्लाही जिल्लाहरू पनि नक्कली नोटको कारोबारमा उर्वर स्थलको रुपमा देखिएका छन् । अघिल्लो आर्थिक वर्ष पर्साबाट १ लाख ६४ हजार र सर्लाहीबाट १६ हजार ८२० रुपैयाँ बराबरका नक्कली नोट बरामद भएको थियो ।
मधेस प्रदेशका रौतहट, बारा, पर्सा, र सर्लाही जिल्लाहरूबाट आर्थिक बर्षभरिमा करिब ३५ लाख ८६ हजार रुपैयाँ बराबरका नक्कली नेपाली नोट बरामद गरिएको प्रहरी तथ्याँकबाट बुझिएको छ । यस अवधिमा ३८ जना व्यक्तिहरू नक्कली नोटसहित पक्राउ परेका थिए । ३८ जान मध्ये रौतहटबाट मात्रै १६ जना पक्राउ परेको छ ।
रौतहटमा नेपाली नक्कली नोटको कारोबार बढ्दै गएपछि मधेस प्रहरीले यस जिल्लालाई ‘रेड’ सूचीमा राखेको छ । प्रहरीको अनुसार, खुला सिमानाका कारणले मधेसमा नक्कली नोटहरू भारतबाट भित्रिरहेको आशंका गरिएको छ । रौतहटमा यसको सञ्जाल बढी देखिएको छ, जसले प्रदेश प्रहरीलाई सतर्क बनाएको छ ।
प्रदेश प्रहरी प्रवक्ता सुवासचन्द्र बोहराले मधेसमा पछिल्लो समय नक्कली नोटहरूको बरामदगी बढेको बताएका छन् । प्रदेशभरी नै नक्कली नोट सहित विभिन्न अवाञ्छित कार्यहरुलाई निष्तेज पार्न प्रहरीलाई परिचालन गराएर निगरानी राखिएको उनले भने ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन