download zoom version 5.3.1 download zoom for firefox zoom app download for microsoft zoom meeting free download for windows 10 64 bit zoom cloud meetings pc download

सेटिंग भएर कटहरियामा जुवा निर्वाध रुपमा संचालन

   ५ कार्तिक २०७८, शुक्रबार ०९:०६  

तराई टप संवाददाता
रौतहट, ५ कार्तिक । रौतहटको कटहरिया नगरपालिकामा व्यवसायीक रुपमा जुवा तास सुरु भएको छ ।
विजया दश्मीको दिन देखि छठ पर्व सम्म जुवा तास कटहरिया नगरपालिकामा खेल्न खेलाउने दिन स्थानीय प्रहरी प्रशासनको सेटिंग भएपछि संचालनमा आएको हो । समाज विगार्ने, अपराध जन्माउने, घर उजाड बनाउने कार्यलाई संचालन गर्न इजाजत दिने वापत जिल्ला देखि लिएर स्थानीय प्रहरीलाई मोटो रकम दिएर जुवा संचालनमा ल्याएको श्रोतबाट बुझिएका छन् ।
नेपालीमा एउटा उखान छ “जुन जोगी आए कानै चिरेको” जिल्ला प्रहरी कार्यालय होस वा इलाका प्रहरी कार्यालय कटहरिया, गरुडा सवै जुवा तास खेलाउने वापतको रकम बुझिसकेको छ । उक्त रकम प्रमुखजीहरु आफनो विश्वास प्राप्त घुमुवाहरुबाट सेटेंगमा रकम कमाउनमा लागि परेका छन् ।
अहिले केही नयाँ घुमुवाहरु परिचालनमा आएको छ, उनीहरु अपराध पत्ता लगाउनुको साटो रकम उठाउनमा व्यस्त रहेको स्थानीय श्रोतबाट बुझिएको छ । यतिमात्रै नभई गौर भन्सार भएर हुने संस्थागत तस्करीबाट भाग बण्डा बुझ्ने काम भईरहेको छ । जनताको जिउधनको सुरक्षाको प्रत्याभुति गराउन जिल्लाको जिम्मेवारी लिने पदाधिकारीहरु पैसामा चुल्लुम डुवेको हेर्दा यसैले भनेको होला जुन जोगी आए कानै चिरेको ।
विचार पुर्याएर जनताको सेवा जुट्नुस, जनताको सेवा गरेर यस किर्ति कमाउनुस, नत्र पैसाको चक्करमा सानो गल्तिको कारण रौतहट जिल्ला हैट्रिक व्यक्तिको रुपमा शिकार बन्नु नपरोस, विगतका दुई जना पदाधिकारी कार्यकाल पुरा नगर्दै जिम्मेवारी खोसिएकोलार्य विचार पुर्याउनु अति आवश्यक छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै