रौतहट, २९ साउन । गौर नगरमा बसोबास गर्ने हरेक नागरिकको बास्तविक तथ्याँक राख्न नगरपालिकाबाट टोली परिचालन गरेर रेकर्ड तयार पार्ने अभियान संचालन गरिने गौर नगरप्रमुख शम्भु साहले बताए ।
गौर नगरपालिकाको कार्यालयमा मंगलवार अपरान्ह् आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नगरप्रमुख साहले नगरपालिकाको ९ वटै वडामा बसोबास गर्ने नगरवासीहरुको वास्तविक अवस्था कस्तो रहेको छ ? साक्षर कतिको छ ? शौचालयको अवस्था कस्तो छ ? विजुलबत्तीको अवस्था ? रोजगारीको अवस्था ? स्वास्थ्यको अवस्था ? विद्यालय गए नगएको अवस्था ? खानेपानीको सुविधा र प्रकार, नक्सा पास वा अभिलेखिकरण भए नभएको, घरको प्रकार कस्तो छ ? चुल्होको प्रकार लगायतका नगर प्रोफाइल तयार पार्न टोली परिचालन गरिने उनले स्पष्ट पारे ।
नगरप्रमुख साहले नगर प्रोफाइल तयार भएमा नगरपालिकाको लागि ठूलो सम्पत्ती हुने तथा नगरको वारेमा हरेक नागरिकलाई जान्ने एवं बुझ्ने अधिकार रहेको हुँदा अनलाईन मार्फत नगरवासी सजिलै हेर्न सकिने उनले बताए ।
सो पत्रकार सम्मेलनमा मेयर साहले राजर्शी जनक विश्वविद्यालय अन्तर्गतबाट सम्बन्धनमा गौरमा पंडित मंगल उपाध्याय क्याम्पस यसै बर्ष देखि दुई वटा संकायबाट संचालन हुने समेत प्रष्ट पारे ।
सो पत्रकार सम्मेलनमा नगरपालिकाका प्रवक्ता एवं वडा नम्वर ९ का वडाध्यक्ष अर्जुन सिंह, प्र्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुर, जिन्सी प्रमुख जितेन्द्र भारती लगायतका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन