वेमौसमी बर्षाबाट किसानलाई भएको क्षतिलाई यथाशिघ्र राहत एवं क्षतिपुर्तीको व्यवस्थापन गर्नुपर्ने भन्दै आइटी आर्मीद्धारा संघिय सरकारलाई प्रजिअ माफर्त ज्ञापन

   ६ कार्तिक २०७८, शनिबार ११:३४  

तराई टप संवाददाता
रौतहट, ६ कार्तिक । हालै भएको भिषण वेमौसमी बर्षाबाट किसानहरुले लगाएको धानबाली नष्ट भएको भन्दै आईटी आर्मीले कृषी बिमा लागु गर्नुपर्ने तथा किसानलाई पेन्सनको व्यवस्था गर्न सहितको पीडित किसानलाई उचित राहत एवं क्षतिपुर्तिको व्यवस्था अविल्मव गर्न नेपाल सरकारलाई प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाएका छन् ।
जिल्ला प्रशासन कार्यालय गौरमा उक्त माग सहित आइटी आर्मीका पदाधिकारीहरु, किसान अगुवाहरु सहितको टोलीले प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीलाई शुक्रवार ज्ञापनपत्र समेत बुझाएका हुन् ।
आईटी आर्मीका राष्ट्रिय संयोजक चन्द्रभुषण साहले एक बिज्ञप्ती जारी गर्दै किसानको पिरमार्का र समस्या नबुझ्ने सरकारको कुनै आवश्यकता र औचित्य नभएको जिकिर गरे । लगभग सयको संख्यामा मृत्यु, तीन दर्जन करीव बेपत्ता, दर्जनौं घाईते तथा कयौं परिवारहरु विस्थापित र अरबौं रकम बराबरिको कृषि बालिनाली, पशुपंक्षी तथा धनमालको क्षति हुँदा पनि किसानको पिरमार्का सुन्ने र बुझ्ने सरकारलाइ फुर्सत नभएको संयोजक साहले आरोप लगाए ।


मुलुकमा राजनीतिक परिवर्तनको बहानामा पटक पटक श्रमवीर किसान दिदीबहिनी तथा दाजुभाईहरुको अवस्थामा तात्विक परिवर्तन किन आएन संयोजक साहले प्रश्न गरे । ट्याक्टरमा लाग्ने सम्पूर्ण कर खारेजी गर्नुपर्ने, पर्याप्त एवम सहज रूपमा कृषि ऋण उपलब्ध गराउन, पर्याप्त मलखाद्यको व्यवस्था गर्न, कृषि उपजको प्रभावकारी भण्डारण एवं बजारीकरणको व्यवस्था गर्न लागयतका माग आईटी आर्मीले संघिय सरकारसंग गरेको छ ।
बेमौसमि अविरल वर्षा तथा हावाहुरीका कारण किसानले घर भित्र्याउनका लागि काटिराखेको धान पानी जमेर कुहिएको, बाढीले बगाएको तथा काट्नलाई तयार बाली हावाहुरीले नष्ट गरेको भन्दै उचित राहत प्याकेज तथा क्षतिपूर्तिको व्यवस्था गर्न नेपाल सरकार सहित सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएको संयोजक साहद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
किसानको समस्याहरु लाई समाधान गर्न नसक्ने संघीय, प्रदेश र स्थानीय सरकारहरुको आवश्यकता र औचित्य माथि आईटी आर्मीले प्रश्न उठाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै