आज यी चार प्रदेशमा भारी बर्षाको सम्भावना

0 Shares
रौतहट, ३० साउन । अहिले नेपाल भरी नै मनसुन सुक्रिय रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको हुँदा मधेश प्रदेश सहित देशभरी मनसुनी वायुको प्रभाव देखिएको हो ।
जसको प्रभावले अहिले देशभर साधरणतया बदली लागेको छ । मधेश, कोशी, बागमती गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अहिले हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधरणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।  कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा  भारी वर्षाको पनि सम्भावना रहेको छ ।
आज राति बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा  भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार