ट्रेक्टरमा लोड गरिएको अबैध चिरान काठ सहित बरामद

   २९ आश्विन २०७७, बिहीबार १३:२२  

रौतहट, २९ असोज । रौतहट प्रहरीले विभिन्न स्थानबाट अबैध सालको काठ बरामद गरेको छ भने लागु औषध गाँजा सहित एक जना व्यक्तिलाइ विहिवार पक्राउ गरेका छन् ।
ईलाका प्रहरी कार्यालय बिजयपुरको टोलिले आज बिहान अबैध सालको चिरान काठ सहितको ट्याक्टर बरामद गरेको हो । इप्रकालाई प्राप्त विशेष सूचनाको आधारमा त्यस तर्फ गएको प्रहरी टोलिले फतुवा बिजयपुर नगरपालिका १० हिमालिबास स्थित मुख्य सडकमा चेकजाँचको क्रममा ना ६ त ८०५१ नम्बरको ट्याक्टर बाट ३३ थान सालको चिरान काठ बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताए ।
अबैध काठ ट्रेक्टरमा राखेर ल्याउदै गरेका गढिमाई नपा ६ का चालक रुपेश यादव पक्राउ परेको जानकारी दिए । नियन्त्रणमा लिइएको काठ सहितको ट्रेक्टर र चालकलाई आवश्यक कार्वाहीको लागि डिभिजन वन कार्यालय चन्द्रपुरलाई जिम्मा लगाइएको छ ।
यसैगरी ईलाका प्रहरी कार्यालय गरुडाले लागुऔषध ५०० ग्राम गांजा सहित कटहरिया नगरपालिका १ भसेढवा खोरटोलका २२ बर्षिय संजय दासलाई नियन्त्रणमा लिएको छ । निज माथी लागु औषध सम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत गौर बाट १५ दिनको म्याद थप गराई अनुसन्धान सुरु गरिएको डिएसपी श्रेष्ठले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै