0
Shares
निजगढ (बारा), ३० साउन । बारा जिल्लाको निजगढ नगरपालिकामा एक १३ बर्षिया बालिका बलात्कृत भएकी छिन् ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने बाराको निजगढ नगरपालिका वडा नम्वर ५ मा १३ बर्षिया बालिका बलात्कृत भएकी हुन् । मंगलवार दिउसो विद्यालयबाट घर फर्किदै गरेको अवस्थामा मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिले बालिकालाई नियन्त्रणमा लिएर बलात्कार गरेका थिए ।
बलात्कृत भएकी बालिका आफू संग भएको घटना अभिभावकलाई बताएपछि इलाका प्रहरी कार्यालय निजगढमा खवर गरेको थियो । बालिकाको बयानका आधारमा इलाका प्रहरी कार्यालय, निजगढले अनुसन्धान सुरु गरेको छ । शंकाको आधारमा निजगढ प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको बुझिएको छ ।
बालिकाको निजगढ स्थित सामुदायिक अस्पतालमा गरिएको स्वास्थ्य परिक्षणबाट बलात्कार भएको पुष्टि भएको प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिए ।