रौतहट, ३१ साउन । नेपालभरी अहिले मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभावको असरको कारण मधेश प्रदेश सहित वागमती र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा अन्य प्रदेशमा अहिले हल्का बर्षा भईरहेको हो ।
आज दिउँसो देशभर साधरणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज राति देशभर साधरणतया बदली रहने छ । मधेश सहित सातै प्रदेशका केही स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।