आफूखुशी राजनीतिक नियुक्ति गर्ने कार्य अस्वीकार्य हुनेः नेका प्रदेश उपसभापति विरेन्द्रप्रसाद सिंह

0 Shares
सर्लाही, ३१ साउन । मधेश प्रदेशमा गठबन्धनबाट सरकार चलिरहेको अवस्थामा दलिय समझदारी नै नगरी आफूखुशी रुपमा राजनीतिक नियुक्ति गरिरहदा उक्त कार्य अस्वीकार्य हुने नेपाली काँग्रेस मेधश प्रदेशका उपसभापति एवं पूर्व मन्त्री बीरन्द्र प्रसाद सिंहले बताए ।
उपसभापति सिंहले मधेश प्रदेशमा नेपाली काँग्रेस, एमाले, जनमत र लोसपा मिलेर सरकार गठन भएपनि काँग्रेसलाई वाइपास गरेर विभिन्न राजनीतिक नियुक्ति गर्दा उक्त कार्य अस्वीकार्य हुने भन्दै गम्भीर रुपमा आपत्ती जनाएका हुन् ।
दलीय समझदारीका आधारमा अघि बढ्ने गठबन्धन सरकारको मान्यता विपरित अभ्यास गरिरहेका प्रदेश सरकारले मनोमानी ढंगले कुनै पनि राजनीतिक नियुक्ति गरेमा सोको सोको जिम्मेवार प्रदेश सरकार हुने समेत चेतावनी दिए ।
सरकारमा सहभागी दलहरूबीच सहमति नगरीकनै प्रदेश लोकसेवा आयोगका अध्यक्ष र नीति तथा योजना आयोगका दुई सदस्यमा नेकपा एमालेले नियुक्ति गराएकोमा उनले गम्भीर रुपमा आपत्ति जनाए । “प्रदेशमा १७ वटा राजनीतिक पद रहेको छ र सोको नियुक्ति गर्नुपूर्व दलहरूबीच सहमति गरेर मात्र अघि बढ्नुपर्छ,” उनले जिकिर गरे ।
मधेश प्रदेशको मिडिया काउन्सिल अध्यक्ष नियुक्तिका लागि आह्वान गरिएको सूचना पूर्व नेकपा एमालेले कुनै पनि किसिमको सहमति नगरीकन सीधै सिफारिस गर्न लागेको जानकारी आफूले प्राप्त गरेको र गठबन्धनमा सहभागी कुनै पनि दल त्यसअनुसार अघि बढ्नु दुर्भाग्यपूर्ण हुने बताए ।
व्यक्तिगत लाभको र बिचौलियाको इशाराबाट प्रविष्ट गराइएको बजेट संशोधन गर्ने विषयमा समेत दलीय सहमति हुनुपर्ने बताए । उनले त्रुटिपूर्ण बजेट परिमार्जन गरिँदा आवश्यक्ता र औचित्यका आधारमा संशोधित बजेट विनियोजन हुनुपर्ने नेपाली काँग्रेसको आधिकारी धारणा सार्वजनिक गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार