राधेश्याम कुशवाहा
सर्लाही, ३१ साउन । शान्ति सुरक्षाको हिसावले चुनौती मानिएका सर्लाही जिल्लाको पश्चिमी क्षेत्रमा रहेका इप्रका गडहिया डुमरिया र हरकठवाका प्रमुख आफनो कार्यकाल पुरा गरेर विदाई भएका छन् ।
बलरा नगरपालिकामा पर्ने इलाका प्रहरी कार्यालय गडहिया डुमरियाका वरिष्ठ प्रहरी नायब निरीक्षक गौरीशंकर साह र धनकौल गाउँपालिका स्थित हरकठवा इलाका प्रहरी कार्यलयका प्रहरी सहायक निरीक्षक धुली सिंह जिम्बाले आ आफनो कार्यकाल पुरा गरेर भेरी भेटौला भन्दै दुबैजनाको विदाई भएका हुन् । उनीहरुले आ आफना क्षेत्रमा शान्ति सुरक्षाको पूर्ण रुपमा प्रत्याभुति गराएर जनताहरुको हृदयमा बस्न सफल भएका शान्त, शालिन, भद्र, असल स्वभाव तथा नियम कानुन कडाई रुपमा लागु गर्दै आएर जान लाग्दा स्थानीय बासिन्दाहरुले पनि विदाई कार्यक्रममा सहभागी भए ।
हरकठवा र गडहिया डुमरिया दुबै क्षेत्रमा राजनीतिक द्वन्दका कारण शान्ति सुरक्षा कायम गर्न निकै चुनौती पूर्ण रहेपनि निकै सुझबुझका साथ आफनो कार्यकाल पुरा गर्नमा स्थानीयहरुको साथ र सहयोगको लागि दुबै जनाले धन्यवाद दिए ।
कुनै कार्यालय प्रमुख आफनो कार्यकाल गर्नु अगावै सरुवा हुनुपर्ने र अथवा राजनीतिक प्रतिशोधमा गराईदिने, राजनीतिक डर त्रास र भयका कारण कुनै कार्यालय प्रमुख बस्न नै नचाहन्ने ठाउँमा उनीहरुले शान्ति सुरक्षा कार्यम गर्न सफल भएका छन ।