चिकित्सकले मृत घोषित गरेका नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष गुप्ता घरपुग्दा जिवितै

   ६ कार्तिक २०७८, शनिबार ११:५२  

तराई टप संवाददाता
रौतहट, ६ कार्तिक । नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष रामानन्द गुप्तालाई विरटनगर अस्पतालको चिकित्सकले मृत घोषित गरेका व्यक्ति अन्तिम संस्कारको तयारी गर्दै गरेको अवस्थामा जिवित भएको छ ।
मस्तिष्कघात (वे्रन हेमरेज) भएपछि उपाध्यक्ष गुप्तालाई ततकालै विराटनगर असपतालमा पुर्याएर उपचार सुरु गरियो तर उपचारकै क्रममा उनको निधन भएको चिकित्सकले घोषित गदै उनका परिवारजनलाई दाहसंस्कारको लागि शुक्रवार साँझ शवलाई जिम्मा लगाए । मृतक गुप्तालाई अन्तिम संस्कारको लागि घर ल्याए तयारीमा जुट्दा पत्रकार गुप्ता जिवितै रहेको पाइयो ।
मस्तिष्कघात भएर उपचार गराईरहेका गुप्ताको शुक्रवार निधन भएको भन्दै अन्तिम विदाईमा सरिक हुन आफन्त र साथीभाई घरमा जम्मा भईरहेको अवस्थामा उनको शरिरमा हलचल हुन थाले ।
घरमा ल्याए पछि पत्रकार गुप्ता जीवितै रहेको खबर परिवारजनले दिएको नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ की महिला उपाध्यक्ष ज्योती झाले जानकारी दिईन् । पत्रकार गुप्तालाई उनका परिवाजनले तत्कालै उपचारको लागि लाहान अस्पताल पुर्याएको उपाध्यक्ष झाले स्प्ष्ट पारिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै