राधेश्याम कुशवाहा
सर्लाही, २ भदौं । आम जनता पार्टी (आजपा) का राष्ट्रिय अध्यक्ष प्रभु साहले भ्रष्ट नेताहरुलाई युवाहरुले देशबाट लखेटेर मुलुकलाई सुमन्नित तर्फ उन्मुख गराउनुपर्नेमा जोड दिए ।

सर्लाही सदरमुकाम मलंगवामा आईतवार आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै साहले आम नेपाली जनताको खुनपसिनाबाट सिंचिएको लोकतान्त्रि गणतन्त्रमा भ्रष्ट नेताहरुको रजाईको कारण मुलुक दिनप्रतिदिन दुरती तर्फ धकेलिरदा त्यस्ता भ्रष्ट नेताहरुलाई युवा पुस्ताहरुले मुलुबाट लखेटी विकास निर्माण सहित सुशासनको प्रत्याभुति गराउने कार्यमा अग्रसर बन्न उनले आह्वान गरे ।
आम जनता पार्टी का अध्यक्ष एवं पूर्वमन्त्री समेत रहनु भएका साहले नेपाली कांग्रेस र नेकपा एमाले बीचको दुई दलीय गठबन्धन सरकार धेरै दिन टिक्न नसकिने ठोकुवा गरे । आम जनादेश विपरितको सिमित नेताको स्वार्थमा बनेको कांग्रेस र एमालेको दुई दलीय गठबन्धन सरकार धेरै दिन नटिक्ने स्पष्ट पारे ।
“यो गठबन्धन नै जनादेश विपरित रहेको ठहर गर्दै अध्यक्ष साहले केही सिमित नेताजीको स्वार्थका लागि बनेको गठबन्धनको संज्ञा दिए” । “वास्तवमा यो गठबन्धन होईन ठगबन्धन हो” आजपा अध्यक्ष साहले भन्दै “जनादेश विपरित, सिमित नेताको स्वार्थका लागि बनेको यो दुई दलीय गठबन्धन आम जनताको चाहनामा बनेको होईन् स्वार्थका लागि बनेको दुई दलीय गठबन्धनको सरकार धेरै दिन टिक्दैटिक्दैन् उनले स्पष्ट पारे” ।

आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि तेस्रो जनआन्दोलनको बिकल्प नरहेको बताउँदै उनले “दलाल” दलतन्त्र विरुद्धको जनआन्दोलनको तयारीमा जुटन आह्वान गरे । लुटेरा र भ्रष्ट नेताहरुको अन्त्य हुनै पर्ने बताउँदै उनले देश लुटने नेताहरुलाई राज्यले कारवाही गर्न नसकेकोमा अब जनताले नै जनकारवाही गनुपर्ने चेतावनी दिए ।
उनले सम्बोधनको क्रममा अगाडी भने “भ्रष्ट नेताहरु मालामाल भएका छन्, आम जनता लाचार छन्, काण्डैकाण्डले देश बदनाम भएको छ, युवाहरु विदेशमा ज्यान जोखिममा राखेर काम गर्नुपरेको छ, यस्तो स्थितिको चाँडै अन्त्यका लागि तेस्रो जनआन्दोलनको बिकल्प नरहेको” उनले भने ।
भ्रष्टाचारीहरु अहिले सम्मानित भईरहेका छन तर स्वभिमानी युवाहरु अपमानित हुनुपर्ने, विदेशमा मर्नुपर्ने अवस्थाको अन्त्य हुनैपर्छ । राज्यले नै भ्रष्टाचारीलाई जोगाउँने सम्मान गर्ने कामले देश दिनप्रतिदिन कंगाल बन्दै गईरहेको गम्भीर कुरा उठाए । आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि युवाहरु अघि सर्नुपर्ने देखिन्छ ।
डा. नवलकिशोर साहको अध्यक्षतामा सम्पन्न सो जिल्ला भेलामा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, महासचिव त्रिभुवन साह, उपमहासचिव चन्द्रभूषण साह सचिव उमेश कुशवाहा लगायतका नेताहरुको विशेष उपस्थिति रहेको स्थायी कमिटी सदस्य रविन्द्र सिंहले जानकारी दिए ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन