बेमौसमी बर्षा संगै आएको बाढी पहिरोमा परेर १११ जनाको मृत्यु, ३७ वेपत्ता

330 Shares

तराई टप संवाददाता
रौतहट, ६ कार्तिक । विगत केही दिन अघि भएको वेमौसमी अविरल वर्षाको कारण आएको बाढी पहिरो र डुबानमा परेर अहिले सम्म १११ जनाको मृत्यु भएको छ भने ३७ जना वेपत्ता भएका छन् ।
प्रहरी प्रधान कार्यालय काठमाडौंको एक तथ्याँक अनुसार वेमौसमी बर्षा संगै आएको बाढीपहिरोमा परेर प्रदेश १ मा ६५, बागमती प्रदेशमा १, गण्डकी प्रदेशमा २, लुम्बिनी प्रदेशमा ४, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ३२ जनाको मृत्यु भएका हुन् ।
मुलुकभरीमा बाढी पहिरोमा परेर ४२ जना घाइते भएको प्रहरीले जनाएको छ । बाढी पहिरामा परी प्रदेश १ मा ११, २ मा एक, लुम्बिनी र कर्णाली प्रदेशमा एक÷एक र सुदूरपश्चिम प्रदेशमा २३ गरी ३७ जना वेपत्ता भएको छ । बाढी पहिरोमा परेर वेपत्ता भएकाहरुको स्थानीय तथा सुरक्षाकर्मीहरुले खोजी कार्यलाई जारी राखेको छ ।
बाढी पहिरोको कारण २२३२ वटा घर डुबानमा परेको, ७८ घर, १६ गोठ, ६ वटा पुल, एक विद्यालय र तीन सरकारी कार्यालयमा क्षति पुगेको छ । १८६ वटा पशु चौपाय मरेको प्रहरी प्रधान कार्यालय श्रोतबाट बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार