आईसीसी टी–२० क्रिकेटको महाकुन्भ आज देखि युएई र ओमानमा सुरु

तराई टप संवाददाता
रौतहट, ६ कार्तिक । सानो फर्मेटको फटाफट क्रिकेट अन्तर्गत आईसीसी टी–२० क्रिकेट विश्वकपको महाकुम्भ युएई र आमानमा विधिवत रुपमा शनिवार देखिसुरु हुदै छ ।
सुपर १२ को लागि पहिलो चरणको खेल सकिएपछि चार टिम सुपर १२ मा प्रवेश गरेको हो । यसै सँगै सुपर १२ को समीकरण पूरा भएको छ । सुपर १२ मा दुई समुहमा १२ वटा टिमलाई विजान गरिएको छ जस अन्तर्गत आज देखि महाकुम्भको शुरुआत हुने भएको आइसिसिले जनाएका छन् ।
सुपर १२ को समुह एकमा अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच पहिलो खेल हुनेछ । यो खेल नेपाली समय अनुसार पौने चार बजे यूएईको अबुधाबीमा सुरु हुनेछ । यस्तै समुह एक मै रहेको साविक विजेता वेष्ट इन्डिज र साविक उपविजेता इंग्ल्याण्डबीचको दोश्रो खेल आजै दुबईमा बेलुकी पौने ८ बजे सुरु हुनेछ ।
समुह एकमा यी चार टिमसँगै पहिलो चरणबाट छनोट भएका श्रीलंका र बंगलादेश छन् । यस्तै समुह दुईमा भारत, पाकिस्तान, न्युजिल्याण्ड, अफगानिस्तान र पहिलो चरणबाट छानिएका स्कटल्याण्ड र नामिबिया छन् ।
आईसीसी टी–२० क्रिकेटको सबै भन्दा रोमाञ्चक एवं चिरप्रतिद्धन्धी भारत पाकिस्तान विचको खेल भोली आईतवार नेपाली समय पौने आठ बजे देखि हुनेछ ।