बैदेशिक रोजगारका ठगलाई सरकारद्धारा संरक्षणः आजपा अध्यक्ष प्रभु साहको आरोप

0 Shares
रौतहट, ५ भदौं । आम जनता पार्टी (आजपा) का राष्ट्रिय अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साहले वैदेशिक रोजगारमा जाने श्रमिकहरु संग ठगी गर्ने ठगलाई वर्तमान सरकारले संरक्षण गरिरहेको गम्भीर आरोप लगाए ।
रौतहटको छतौना र विश्राम्पुरमा बुधवार आजपा नगरकमिटिद्धारा आयोजित “बैदेशिक रोजगारका ठगलाई सरकारले कारवाही गर्छ कि संरक्षण ?” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले बैदेशिक रोजगारका नामुद ठग एवं माफियाहरुलाई सरकारबाटै संरक्षण दिईरहेको गम्भीर आरोप लगाएका हुन् ।
गाउँ देहात एवं गरिव वस्तीका युवाहरू स्वदेशमा रोजगार नपाई जीविकोपार्जन का निमित्त रोजगारका लागि बिदेशिन बाध्य रहेका छन् । मुलुकमै रोजगार दिन नसकेको सरकारले वैदेशिक रोजगारको नाममा भइरहेको लुट धन्दालाई संरक्षण दिएको छ, आजपा अध्यक्ष साहले आरोप लगाए ।
स्वास्थ्य परिक्षण गरेर पठाइने श्रमिकको विदेशमा मृत्यु हुन्छ र लाश आउदा आउदै दिन वित्छन्, यहाँ बलियो, स्वास्थ रहेका युवाको बिदेशमा मृत्यु कसरी हुन्छ ? यो सोचनिय विषय रहेको उनले भने । फ्री टिकट फ्री भिसा भन्ने तर मोटो रकम लिएर बिदेश पठाई अलपत्र पार्ने, यस्ता भ्रष्ट र लुटेरालाई कारवाही नगरी सरकारले नै संरक्षण गर्ने काम भइरहेकोमा उनले गम्भीर आपत्ति जनाए ।
केही म्यानपावर कम्पनीसंग मिलेर सरकारले मानव तस्करीको काम गरिरहेको समेत साहले आरोप लगाए । सरकारका केही मन्त्री, सरकारमा सहभागी दलका नेताले कमिसनमा गैरकानुनी काम गरिरहेको बताउदै उनले सरकारकै संरक्षणमा म्यानपावर कम्पनीहरुले मानव तस्करी र लूट धन्दा चलाएर गरिब युवाहरूलाई लुटिरहेको बताए ।
यस्ता लुटेरा र भ्रष्टहरुलाई कारवाहीको माग गर्दा समेत मन्त्रीहरु मौन बस्ने र सरकारी निकायले केही नगर्नाले पीडित परिवारले झन दुख पाइरहेको साहले बताए । यस्ता भ्रष्टहरुका विरुद्ध जनकारवाहीका लागी आम जनता तयार हुनुपर्ने उनले बताए  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।