मकवानपुर, ६ भदौं । बाघले मान्छे वा पशुलाई मार्ने गरेको प्रायः सुन्ने गरिन्थ्यो तर मकवानपुरको मनहरीमा भैंसीले बाघलाई मारेको खवर सुन्दा आश्चर्य लाग्न सक्छ तर यो नै यथार्थ रहेका छन् ।
मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ६ प्रतापपुर स्थित बलबहादुर राईको गोठमा बाघ मृत अवस्थामा भेटिएका हुन् ।
विहिवार बिहान ३ः१५ बजेको समयमा प्रतापुर स्थित राईको गोठमा बाघ मृत भेटिएको हो । बाघले राईको गोठमा रहेको भैँसीलाई आक्रमण गर्दा एक वटा भैँसी घाइते भएको र सोही गोठमा बाघ मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरी टोली र पर्सा वन्यजन्तु आरक्षण सुरक्षार्थ खटिएको मध्यवर्ती क्षेत्र पदमपोखरी सेक्टर लामीटार ब्यारेकबाट नेपाली सेनाको टोली घटनास्थल पुगेर अनुसन्धान गरे । घटनास्थलको प्रारम्भिक अनुसन्धानबाट बाघ बुढो रहेकाले भैँसीले हान्दा बाघ मरेको हुन सक्ने खुल्न आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सीताराम रिजालले जानकारी दिए ।
घटनास्थल चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत र बिहान ६ः१५ बजे चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ सेक्टर सौराहा ब्यारेकबाट खटिएको नेपाली सेनाको टोलीले मृत बाघलाई अनुसन्धानका लागि जिम्मा लिएको उनले भने ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन