कमला नदीमा नयाँ पुल बनाउन सहमती, आमरण अनसन सकियो

0 Shares
जनकपुरधाम, ७ भदौं । धनुषा सिरहालाई जोड्ने कमला नदीमा पुल निर्माणका विषयलाई लिएर जनकपुरधाममा चलिरहेका आमरण अनसन शुक्रवार मुख्यमन्त्रीले लिखित प्रतिबद्धता जनाए संगै अन्त्य भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिष्दको कार्यालय अगाडी कमला नदीमा पुल बनाउनुपर्ने माग राख्दै आमरण अनसनमा बसेका युवा अभियन्ताहरु र प्रदेश सरकार बीच चारबुंदे लिखित सहमती पछि आमरण अनसनको अन्त्य भएको हो ।
आमरण स्थलमा मुख्यमन्त्री सतिशकुमार सिंह उपस्थित भएर अनसनकारीलाई जुस खुवाएपछि अनसन सकिएको बताइएको छ । लिखित सहमती अनुसार कमला नदीमा नयाँ पुल निर्माणका लागि आवश्यक कदमहरु प्रदेश सरकारले चाँडै चाल्ने छ ।
नयाँ पुलको निर्माण गरिनेछ, र यसको लागि आवश्यक बजेट आगामी आर्थिक वर्ष २०८१÷८२ को वार्षिक बजेटमा संघ सरकारबाट प्राप्त नभएमा सम्पूर्ण बजेट मधेश प्रदेश सरकारको स्रोतबाट व्यवस्थित गरिनेछ ।
यसै वर्षको मंसिर १ गतेभित्र पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीको लागि बोलपत्र आह्वान गरिने सहमति भएको छ । यस सहमतिले लामो समयदेखि स्थानीयस्तरमा उठ्दै आएको पुल निर्माणको मागलाई सम्बोधन गर्ने अपेक्षा गरिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।