java zoom api jar file download zoom digital signage download zoominfo stock price today stock zoom msi download 64 bit download recorded zoom meeting from link zoom dashboard download zoom windows app zoom app sign in

संघिय लोकतन्त्रिक गणतन्त्रलाई संस्थागत बनाउने दायित्व वर्तमान सरकारको काधमा आएको ः जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव

   ६ कार्तिक २०७८, शनिबार १९:२५  

तराई टप संवाददाता
रौतहट, ६ कार्तिक । जनता समावादी पार्टी नेपालको राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले संघिय लोकतान्त्रिक गणतन्त्रलाई धरापमा पर्ने षड्यन्त्र केपी ओली जस्ता पात्रहरुले गरिरहदा त्यसलाई जोगाई संघिय संसदलाई संस्थागत बनाउन दायित्व वर्तमान लोकतान्त्रिक गठबन्धनको सरकारको काँधमा जिम्मेवारी आएको बताए ।
जसपा नेपाल रौतहटद्धारा यमुनामाई गाउँपालिकाको शुकदेव चोकमा आयोजित वृहद पार्टी प्रवेश कार्यक्रम तथा शुभकामना अदान प्रदान कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै जसपा अध्यक्ष यादवले उक्त कुरा बनाउनु भएको हो ।

जसपा नेपालको नेतृत्वमा सरकार गठन गर्ने पहल गरी महन्थ ठाकुरलाई पिएम बनाउने अभियानमा लाग्दा उनलाई केपी ओलीको पिएन बन्नु मन लागेको कारण अहिले ठाकुर एण्ड कटम्पनी घरको न घाटको बनेको टिप्पणी गरे ।


लोकतान्त्रि संघिय गणतन्त्रलाई कमजोर बनाउने, समावेशीतालाई कमजोर बनाउने, संसदलाई कमजोर बनाउने, संवैधानिक निकायलाई कब्जा गर्ने, निर्वाचन आयोगलाई कब्जा गरी स्वेच्छाचारी ढंगबाट शासन चलाउने केपी ओलीको कुत्सीत मानसिकतालाई विफल पार्दै अहिले लोकतान्त्रिक गठबन्धनको सरकार गठन गरी देशलाई ठूलो दुर्घटनाबाट जोगाएको स्पष्ट पारे ।
जसपा नेपालको नेतृत्वमा सरकार गठन गर्ने पहल गरी महन्थ ठाकुरलाई पिएम बनाउने अभियानमा लाग्दा उनलाई केपी ओलीको पिएन बन्नु मन लागेको कारण अहिले ठाकुर एण्ड कटम्पनी घरको न घाटको बनेको टिप्पणी गरे । प्रतिगमणको मतियार बनेका ठाकुरजी मधेशको मागलाई वेवास्ता गर्दै ओलीको काँखमा गएर बसे । जसको लागि उनले लगाएको सुरुवाल समेत च्यातेपनि ओलीकै शरणमा जानु मधेशको ठूलो दुर्भाग्य भयो तर ठाकुर जि छाता समेत छाडेर भाग्दा आज दोकान खडा गरेको आरोप लगाए ।


मुलुकको शासकीय स्वरुपलाई परिवर्तन गर्नु नितान्त आवश्यक रहेको बताउदै सिधै जनताबाट निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली हुनुपर्ने र साँसदहरुको काम निति नियम बनाउने व्यवस्था कायम गर्नुपर्नेमा जोड दिए । अहिलेको निर्वाचन प्रणाली खर्चिलो एवं भड्किलो भएको हुँदा सामुनपाति प्रणालीबाट संसदको निर्वाचन भए कसैको रकम खर्च पनि नहुने जनता पनि ठगिने छैन उनले भने । अहिले जुनसुकै तहको निर्वाचन हुँदा लाखौं करोडौ खर्च गर्ने परिपाटी हावी रहदा खसी, कुखुरा सहित मदिरा भठीहरुको विगविगी बढ्ने भएको हुँदा निर्वाचन प्रणालीलाई परिवर्तन गर्दै सामुनपातिक बनाउनु पर्ने बताए ।
किसानलाई व्यवस्थित एवं बजारीकरण गर्न आधुनिक कृषि प्रणाली माथि जोड दिदै उनीहरुको उत्पादनको बजारीकरण भएमा मात्रै किसानको हित हुने तथा उनीहरु कृषि पेशाबाट विस्थापित हुने अवस्था आउने छैनन् । ७० लाख युवायुवतीहरु राजिरोटीको तलासमा कतार, मलेशिया, दुवई लगायतका मुलुुकहरुमा रहेको हुँदा उनीहरुलाई स्वदेशमै रोजगारीको व्यवस्थापन गर्दा विदेशीनुपर्ने अवस्था आउने छैनन । उनीहरुलाई राजगारीका लागि कृषिको आधुनिकीकरण, पर्यटनको विकास, उद्योग कल कारखानाको स्थापना गर्नुपर्ने तर्फ सवै दलको ध्यान केन्द्रीत हुनुपर्ने बताए ।
शिक्षामा आमुल परिवर्तन गरी सवैको लागि एउटै शिक्षाको व्यवस्थापन, समुचित स्वास्थ्यको अबधारण जस्ता कार्यहरु भएमा राम्रो जनशक्ति उत्पादन भई मुलुक समृद्ध एवं सुखि बन्ने बताए ।
प्रदेश २ को मुख्यमन्त्री लालबाबु राउतले परम्परागत पार्टीबाट हुने गरेको भेदभाव, छुवाछुतबाट जोगिने एकमात्र दल जसपा नेपाल रहेको बताउदै पार्टी संगठनलाई बलियो बनाएर मधेशको नाममा विभिन्न पार्टीहरु रहेको हुँदा गोलबन्द बनाउनु पर्नेमा जोड दिए । केन्द्रीकृत एकात्मक राज्य प्रणालीको महत्वाकाँक्षाबाट प्रदेश २ को जनताहरु पिडित बन्दै गएको छ । ओली मात्रै प्रतिगामी नभई उनलाई साथ दिने लोसपा पनि प्रतिगामी रहेको टिप्पणी गरे ।
प्रदेश सरकारको प्रमुख प्राथमिकता समाजिक रुपान्तरणलाई बढावा दिई लोकप्रिय कार्यक्रम वेटी बचाउ वेटी पढाउ कार्यक्रमबाट प्रतिगामीहरु आत्तिएर विभिन्न षड्यन्त्र गरी कार्यक्रमलाई विफल पार्ने अभियानमा जुटेको हुँदा त्यस्ता षड्यन्त्रलाई पर्दाफास गरेर जनता समक्ष नग्याँउनुपर्नेमा मुख्य मन्त्री राउतले जोड दिए ।
सो कार्यक्रममा संघिय मन्त्री रेणु यादव, राजेन्द्र श्रष्ठ, प्रदेश २ को विकस समितिको सभापति शेख अब्दुल कलाम, कृषि तथा सहकारी राज्य मन्त्री योगन्द्र यादव, गोविन्द चौधरी, प्रदेश साँसद रामकिशोर यादव, रेबन्त झा, गौर नपाको उपमेयर किरण ठाकुर, स्वास्थ्यकर्मी संघको अध्यक्ष बालकिशोर यादव, महिला नेतृ शोभा साह, लगायतका नेताहरुले सम्बोधन गरेका थिए । विभिन्न पार्टी परित्याग गरेर जसपा प्रवेश गरेका ५ सय भन्दा बढि कार्यकर्ताहरुलाई पार्टीको सदस्यता प्रदान गरिएको नेता वृजकिशोर यादवले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै