एकै साथ रौतहटबासीले हात धोएर दिवश मनाए

   २९ आश्विन २०७७, बिहीबार १४:१८  

रौतहट, २९ असोज । अन्तराष्ट्रिय हातधुने दिवश बिहीवार बिभिन्न कार्यक्रम गरेर रौतहटमा मनाइएको छ । रौतहटको सदरमुकाम गौरमा बिहान ११ बजे एकै साथ सवैले हातधोएर समाजमा सकारात्मक सन्देश दिएका छन् ।
हात सफा नभए विभिन्न रोगको संक्रमण बढ्ने सम्भावना अत्याधिक रहेको हुँदा हात धोएर मात्रै कुनै कार्य गरुन भन्ने उद्देश्यकका साथ आज विश्वभरी हात धोएर सकारात्मक सन्देश दिइएका छन् । गौरमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले हात धोएर उदघाटन गरे । कार्यक्रमको उद्घाटन गर्दै सिडिओ यादवले हातधुने बानीको बिकास गर्न र दैनिकरुपमा बिभिन्न काम गरेपछि हात धुन आजको प्रमुख आवश्यक्ता रहेको भने सन्देश दिने उदश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।
विश्वव्यापी कोभिड १९ को प्रकोपबाट अस्तव्यस्त भएका हाम्रा समाजका कर्णधारहरुलाई अग्रसर बनाउन तथा स्वस्थय राख्नका निमित्त पटक पटक साबुन पानीले हात धुन आवश्यक रहेकोमा आ आफना घरपरिवारका सदस्यलाई समेत यो विधिको अवलम्बन गरिएमा स्वस्थ समाजको निर्माण हुने प्रजिअ यादवले सुझाव दिए ।

अक्सफाम नेपालको सहयोग आरडिसी नेपालको समन्वयमा जिल्ला स्वच्छता समिती र जिल्ला प्रशासन कार्यालयले हातधुन प्रेरीत गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरेको आरडिसी नेपाल रौतहटका कार्यक्रम संयोजक बिजय साह बानियाले जानकारी दिए । कोराना भाइसर नियन्त्रणका लागि तथा अन्य बिभिन्न रोग बाट बच्न सावुनपानीले मिचीमिची हात धुन सिकाउने तथा सचेतना बढाउने उदेश्यले रौतहट जिल्ला भरीका सबै सरकारी कार्यालयका कर्मचारी र आम जनता सवै एकै साथ हात धोएको आयोजक कार्यक्रम संयोजक बानियाले जानकारी दिए ।
गौरमा भएको हात धुने कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख राम एकवाल राय यादव, सामाजीक अगुवाहरु, बिभिन्न सस्थाहरुका पदाधिकारीहरुको सहभागिता रहेको थियो । बिभिन्न सामाजीक सस्थाहरुले कार्यक्रम सफल बनाउन अग्रणी भुमिका खेलेका थिए । यसै गरी दिवसको अवसरमा गढीमाईको मेयर श्यामप्रसाद यादव, परोहाका मेयर शेख वकिल, चन्द्रपुरको मेयर रामचन्द्र चौधरी, वृन्दावनको मेयर रामस्नेही यादव, राजपुरको मेयर शेख शकिल सहित रौतहटका १८ वटै पालिकाको प्रमुखहरुले नगरबासीहरुलाइ कोरानाबाट तथा अन्य संक्रामक रोगहरुबाट जोगिनका लागि पटक पटक मिचिमिची सावुन पानीले हातधुन बानी बसाल्नु पर्ने सम्पुर्ण नगरबासीहरु संग आग्रह गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै