रौतहट, ९ भदौं । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याँकनमा गौर नगरपालिका मधेश प्रदेशमै प्रथम स्थान प्राप्त गर्न सफल भएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक बर्ष २०७९÷०८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याँकन प्रकाशन गर्दा मधेश प्रदेशमै नगरपालिकाहरु मध्ये गौर पहिलो स्थान प्राप्त गर्न सफल भएका हुन् ।
गौर नगरपालिकाले ८० प्रतिशत अंक प्राप्त गरी प्रथम, सिरहा नगरपालिका ७७.७५ प्रतिशत अंक प्राप्त गरी दोश्रो, मिर्चैया र बरहथवा नपा ७५.७५ अंक प्राप्त गरी तेश्रो, हरिवन र गौशाला नगरपालिका क्रमश ७३.७५ अंक प्राप्त गरेर चौंथो भएको संघिय मामिलाद्धारा प्रकाशित नतिजामा उल्लेख गरिएको छ ।
मधेश प्रदेशमा रहेका नगरपालिकाहरुमा गौर सहितका पालिकाहरुलाई संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वमूल्याँकन गर्दै नतिजा गरेको बुझिएको छ । प्रत्येक वर्ष स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन मार्फत मन्त्रालयले शासकीय प्रवन्ध, संगन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशिकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वय गरी १० वटा शिर्षकमा मुल्याकन गर्ने गरिन्छ ।
प्रत्येक स्थानीय तहले सम्पादन गरेका कामकारवाही, सेवा प्रवाहका प्रमाण सहितका कागजातहरु अनिवार्य रुपमा अपलोड गर्ने व्यवस्था विगत ४ वर्ष देखि लागु भएता पनि विगत ३ वर्ष देखि प्रत्येक स्थानीय तहले कार्यान्वयनमा ल्याइएको थियो ।
स्वमूल्यांकनको आधारमा नै सम्बन्धित निकायबाट स्थानीय तहक लागि बजेट बिनियोजन गर्ने प्रक्रिया अपनाईएको कुरा अर्थ मन्त्रालय र राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगले जनाएको छ ।
रौतहट जिल्लामा रहेका १६ वटा नगरपालिकाको तुल्नात्मक अवस्था अनुसार पनि गौर प्रथम, गरुडा नगरपालिका दोश्रो, राजपुर नपा तेश्रो, चन्द्रपुर चौथो र राजदेवी पाँचौ स्थान प्राप्त गर्न सफल भएका छन् ।
१) गौर नपा ८० प्रतिशत
२) गरुडा नपा ७१.७५ प्रतिशत
३) राजपुर नपा ७१ प्रतिशत
४) चन्द्रपुर नपा ६७.७५ प्रतिशत
५) राजदेवी नपा ६४ प्रतिशत
६) परोहा नपा ६२.७५ प्रतिशत
७) माधवनारायण नपा ६० प्रतिशत
८) इशनाथ नपा ५५ं.७५ प्रतिशत
९) देवाही गोनाही नपा ५४.२५ प्रतिशत
१०) कटहरिया नपा ५३.७५ प्रतिशत
११) गुजरा नपा ४४.७५ प्रतिशत
१२) मौलापुर नपा ४२.७५ प्रतिशत
१३) वृन्दावन नपा ३९.५० प्रतिशत
१४) बौधीमाई नपा ३४ प्रतिशत
१५) फतुवा विजयपुर २४ प्रतिशत
१६) गढिमाई नपा २०.५० प्रतिशत
तुल्नात्मक रुपमा हेर्दा सबैभन्दा खराब अवस्था गढिमाई र फतुवा विजयपुरको रहेको देखिन्छ । हुनतः टप फाइभमा पर्न सकिने पालिकाहरु भाग्यमानि रहेपनि टप टेन सम्मलाई राम्रो मानिने गरिन्छ तर १६ वटा पालिका मध्ये सबैभन्दा साधनश्रोत सम्पन्न तथा आन्तरिक श्रोत पर्याप्त भएपनि गढिमाई नगरपालिकाको अवस्था राम्रो नहुनु निकै दुखद रहेको स्थानीय बासिन्दाहरु बताउँछन् ।
गढिमाई नगरपालिकाको नगरप्रमुख श्यामप्रसाद यादवले तत्कालिन समयका कर्मचारीहरुको अदुर्दर्शिताका कारण फरक शिर्षकमा अकुत रकम खर्चेर नगरपालिका माथि आर्थिक व्यव भार थुपारिएका हुँदा लिजामा पठाउनुपर्ने कागजातहरु नपठाएको हुँदा मूल्याँकनमा पछि परेको बताए । यसपालि राम्ररी ढंगबाट बजेट विनियोजन गराएर काम भईरहदा आउदो बर्ष देखि गढिमाई नगरपालिका लिजामा टप फाइभमा पर्ने ठोकुवा उनले गरे ।
दोश्रो स्थान हाँसिल गरेका गरुडा नगरपालिकाको नगरप्रमुख कन्थमुणी प्रसाद जयसवालले आफूले कार्यकाल सम्हालेको दिनदेखिनै कार्यालयले सम्पादन गरेको कामकारवाही र सेवा प्रवाहहरुको कार्य विवरण पारदर्शिताका साथ सेवा प्रवाह गर्दे आईरहेको बताए ।
प्रत्येक वर्ष स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन अपलोड गर्ने कार्यमा तत्कालिन कार्यालय प्रमुख मुहम्म्द मुस्ताक अलाम र सो कार्यमा सहयोग गर्नु भएका सम्पुर्ण शाखाका प्रमुख सहित सम्पुर्ण कर्मचारीहरुलाई धन्यवाद दिदै आगामी दिनमा पनि कर्मचारी वर्गबाट सहयोगको अपेक्षा उनले राखे ।
लिजा मूल्याँकनमा मधेश प्रदेश र जिल्लामा पहिलो स्थान प्राप्त गर्न सफल भएका गौर नगरपालिकाको प्रमुख श्रेय यहाँको कर्मचारी प्रशासनलाई नगरप्रमुख शम्भु साहले दिए । आफूले दिएको निर्देशन अनुरुप काम गर्दैै हरेक कार्यको प्रगति विवरणहरु समयमै अपलोड गरेर पठाउने गरेको, हरेक विकास निर्माण सहितका कार्यहरुलाई लिपिबद्ध गर्दै अपलोड गर्नाले र नगरवासीको साथ एवं सहयोगका कारण गौर नगरपालिकालाई पहिलो स्थानमा पुर्याउन सफल भएको जिकिर गर्दै यस्तै साथ र सहयोग जारी रहयो भने देशमै पहिलो स्थान ल्याएर साबित गरिदिने प्रातिबद्धता व्यक्त गरे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन