पूर्वाधार विकास कार्यालय रौतहटको प्रमुख, इन्जिनियर र लेखा अधिकृतका मिलोमतोमा विकासे बजेटमा ब्रम्ह्लुट

0 Shares

रौतहट, ११ भदौं । झट्ट हेदा बीचमा खोला वगिरहेको छ, दुबै किनारमा ड्याम बनाइएको जस्तो लाग्छ ? तर त्यस्तो कल्पना भन्दा निकै फरक छ, वास्तविक रुपमा बीचमा बाटो छ, दुबै किनारमा अग्ला अग्ला नाला छ, लाभान्वित हुने उपभोक्ताहरुको घरहरु डिल भन्दा होचा स्थानमा अवस्थित छ ।


यस्तो त कल्पना गर्दा मात्रै भेटिन्छन् तर सायद कसैले नचित्ताएको प्रमाणहरु प्रदेश सरकारको आर्थिक सहयोग तथा पूर्वाधार विकास कार्यालय रौतहटको दक्ष प्राविधिकको डिजाइनमा तयार पारिएका उदाहरणीय कार्यहरु गौर नगरपालिकाको वडा नम्वर २, ६ लगायतका विभिन्न स्थानहरुमा देखिन सकिन्छ ? कि सरकारी बजेटको चरम दोहन, लुटखसोट मच्चाएपनि सम्बध निकाय आँखामा कालो टेप लगाएर मस्त निन्द्रामा रहेको महसुस गरिएको हो ।
पूर्वाधार विकास कार्यालय रौतहट गौरद्वारा संचालित दर्जनौं योजनाहरु यस्तै यस्तै कार्य गरेर बालुवामा पानी खन्याए सरह निर्माण गरी ठूल ठूला ड्याम जस्तो देखिने गरी ठ्याएको पाइन्छ । यो देशमा विधिको शासन छ की छैनन्, यस्ता कार्य गर्ने गराउने प्राविधिकलाई किन कारवाही गरिदैनन् होला ? अख्तियारको आँखा जान्छ कि जाँदैनन् ? कि अख्तियार पनि यीनीहरुको लुटखसोटमा अंशियारको भूमिका निर्वाह गरिरहेका त छैनन् ? भने अहिले आम नागरिकले प्रश्न ठड्याएका छन् सम्बन्ध निकायहरु प्रति ।
गौर नगरपालिका वडा नम्वर २ स्थित सिनेमा हल भन्दा पश्चिमका बाटो भएर दक्षिण आँखा अस्पताल तर्फ जान बाटोमा निर्माण गरिएको नाला हेर्दा एउटा सर्वसाधारण जनताहरुले पनि यो कुन प्राविधिकले बनाउन लगाएको हो ? यसको विल कसरी पास भयो ? कसरी भुक्तानी दिइयो ? कारवाही हुने अलिकति पनि डर छैनन् जस्ता प्रश्न गरिरहेका छन् ।


तर यस्ता प्रश्नहरुबाट ति प्राविधिकलाई खासै फरक परेको देखिदैनन् । बाटोमा बनाइएका ठूलठूला नालाको अवस्था हेरेपछि पूर्वाधार विकास कार्यालय गौरमा अहिले निमित्त प्रमुखको पद सम्हालिराख्नु भएका रामबाबु साह नै उक्त साइटका इन्जिनियर पनि हुन् । उनले भने अहिले हेर्दा यसो लागेको छ तर भविष्यमा सडक बनेपछि सबै मिलान हुन दाबी गरे । बजेट अभावको कारण नालाको बनावट अग्लो देखिएको छ, आउदो बर्ष उक्त सडकलाई अग्लो बनाइने छ, पानी मज्जाले निकास भईरहेको दाबी गर्दछन् ।
यस्ता छन् पूर्वाधार विकास कार्यालय रौतहटका प्राविधिक जुन नाला अग्लो हुनुमा बढि दोष बजेट र उपभोक्तालाई दिन्छन् ।
गएको आर्थिक बर्षमा सडकमा ढल र सडक दुवै निर्माण गर्ने भन्दै उपभोक्ता समिति मार्फत २० लाख बराबरको बजेट राखिएको सो योजना ढल मात्रै बनाएर सम्पन्न भएको छ । स्थानीय टोलवासीलाई सडक र ढल दुवै बनाउने भनेका उपभोक्ता समिति र वडा अध्यक्षले जिल्ला पूर्वाधार कार्यालयका ईन्जिनियर तथा कर्मचारीको मिलेमतोमा व्यापक भ्रष्टाचार गर्दै विकासको नाममा विनाश गरेको स्थानियहरुले गम्भीर आरोप लगाए ।
जिल्ला पूर्वाधार कार्यालयका प्रमुख तथा कर्मचारीको बदनियतका कारण रौतहटमा अधिकांश उपभोक्ता समितिले योजनाको नाममा सरकारी बजेटमा ब्रह्मलुट मचाएर लुटे ।
गौर २ का स्थानीय प्रमोद साहले भने “घर भन्दा माथि ढल निर्माण गर्दा स्थानियको घर बाहिर पानी निस्कने सम्भावना छैन । ढलले गर्दा बर्षा भईरहेको समयमा घरनै डुबानमा पर्ने गरेको दुखेसो पोख ।”


गौर नगरपालिका वडा नम्वर ६ सबगढामा निर्माण भएको ढल अर्को विनाशको ज्वलन्त नमूना हो भने गौर ३ मा रहेको पोखरीसँगै निर्माण भएको सडकले प्रदेश सरकारको विकासे बजेटलाई पूर्वाधार विकास कार्यालयको सेटिंगमा कसरी कुम्ल्याउन सकिन्छ त्यसको पोल खोलेको छ ।
आफुले सो ढल निर्माण भइरहेकै बेला पूर्वाधार कार्यालयका कर्मचारीलाई ढलको उचाई बढी भएकोले त्यसलाई सच्याउन भने पनि कर्मचारी तथा कार्यालय प्रमुख समेतले कुनै वास्ता नगरेको हुदा उक्त स्थानका बासिन्दाहरु अनेकौं दुखकष्ट झेल्नु परेका छन् ।
पूर्वाधार विकास कार्यालयका प्रमुख संजिक साह, प्राविधिक इन्जिनियर रामुबाबु साह गलत ढंगको विल बनाइएको इष्टिमेटलाई लेखा अधिकृत सुदिप गौतम खुरुखुरु रकम भुक्तानी गरी सरकार बजेटको ब्रम्ह्लुट मच्चाएको गम्भीर आरोप लागेका छन् । स्थानीयहरु भन्छन् यस्ता काम गराउने प्राविधिक साह, कार्यालय प्रमुख साह र लेखा अधिकृत गौतमलाई कारवाहीको डायरामा ल्याउन संघिय सरकारले दर्जनौं योजनाहरुको अनुगमन गर्नुपर्ने माग गरे ।

स्मरणीय छ, श्रोतले भन्छन् पूर्वाधार विकास कार्यालय का प्रमुख संजीव साहलाई लेखाअधिकृत सुदिप गौतमले मनपराएको छ्रैनन्, कति सक्दो यहाँबाट प्रमुख साहलाई हटाएर इन्जिनियर रामबाबु साहलाई निमित्त प्रमुख बनाउने दाउमा रहेको बुझिएका छन् । रामबाबुलाई निमित्त प्रमुख बनाउनका लागि लेखा अधिकृत गौतमले लाखौंको चलखेल गरेर भएपनि हाकीम बनाउने कसरतमा लागि परेको ती श्रोतले दाबी गरे । खैर जे भएपनि भ्रष्टाचारको मुल जरो पूर्वाधार विकास कार्यालयका प्राविधिक रामबाबु साह र लेखाअधिकृत गौतम रहुनजेल सम्म रौतहटमा सरकार बजेटको यसरी नै चरम दोहन हुने निश्चित रहेको ति श्रोतले दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।