नेपाललाई ४–१ गोल अन्तरले हराउदै बंगलादेशले साफ यू–२० च्याम्पियनसिपको उपाधि माथि कब्जा जमाए

0 Shares

रौतहट, १२ भदौं । नेपाललाई ४–१ गोल अन्तरले हराउदै बंगलादेशले साफ यू–२० च्याम्पियनसिपको उपाधि जितेका छन् ।
ललितपुरको सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको फाइनल खेलमा बंगलादेशले पहिलो हाफको इजुरी टाइममा अग्रता लिएको थियो । डि बक्स बाहिर पाएको फ्रिकिकमा मिराजुलले सोझै गोल गरे ।
दोस्रो हाफमा नेपालले आक्रामक खेल खेलेको थियो । तर गोल भने बंगलादेशले गर्यो । ५५ औं मिनेटमा मिराजुलले दोस्रो गोल गरेपछि नेपाल दवावमा परे । खेलको ७१ औं मिनेटमा रवि हुसेनले गोल गरे । डिबक्स एसियाबाट मिराजुलले दिएको पासमा उनले सहजै बललाई गोलपोष्टमा छिराए ।
नेपालका लागि सान्त्वना गोल समिर तामाङले गरे । उनले ८१ औं मिनेटमा गोल गरे । खेलमा फर्किने प्रयासमा रहेको नेपालले १० मिनेट इन्जुरी टाइममा गोलका केही प्रयास पनि गरेको थियो । तर ९६ औं मिनेटमा बंगलादेशले नै गोल गर्दै ४–१ को अन्तरले यू–२० च्याम्पियनसिपको उपाधि जित्न सफल भए ।
नेपालले यसअघि दुई पटक उपाधि जितेको थियो र तेस्रो पटक च्याम्पियन बन्ने सपना अधुरै रहयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार