0
Shares
रौतहट, १२ भदौं । रौतहटको गौर नगरपालिकाको भन्सार क्षेत्रमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीले श्रोत नखुलेको चार लाख रुपैया सहित एक भारतीय नागरिकलाई पक्राउ गरेका छन् ।
गौर भन्सार क्षेत्रमा नियमित चेकजाँच गरिरहेका सशस्त्र प्रहरीलाई शंका लाग्दा भारत विहार सीतामढी जिल्ला भटौलिया ग्राम पंचायत वडा नम्वर ५ बेलगंजका ६१ बर्षिय इस्माइल मियाँको बुधवार विहान १०.१५ बजेको समयमा पाइन्टबाट श्रोत खुल्न नसकेको चार लाख नेपाली रुपैया सहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण रौतहटले जनाएका हुन् ।
नोट सहित पक्राउ परेका भारतीय नागरिक इस्माइलले उक्त रकमको कुनै श्रोत नदेखाएपछि निजलाई आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयको जिम्मा लगाइएको सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईले जानकारी दिए ।