जनकपुरधाम, १२ भदौ । ऐतिहासिक तथा धार्मिक महत्व बोकेका दुग्धमती नदीको प्राकृतिक बहाव क्षेत्र पहिचान गरी अतिक्रमणमुक्त गराई उत्खनन् गरिने भएका छन् ।
दुग्धमती नदीको उदगमस्थल देखि लिएर भारतीय सीमा सम्मको २९ किलोमिटर सम्मको विभिन्न सथानमा अतिक्रमण गरेर नदीको बहावलाई अन्यत्र मोडिएका हुँदा सोको बास्तविक पहिचान गरेर अतिक्रमण मुक्त गराई उत्खनन गरी मुख्यधारमा ल्याएने कार्यको तयारी सुरु भएको हो ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहको अध्यक्षतामा बुधबार बसेको उच्चस्तरीय बैठकले विसं २०२४÷२०२६ मा भएको नापीका आधारमा दुग्धमती नदीको सीमांकनलाई आधार मानेर उक्त कार्यका लागि आवश्यक प्राविधिक तयारी गर्ने निर्णय गरेको छ ।

बैठकले दुग्मती नदीको सीमा यकिन भएपछि अतिक्रमणका विषयमा जानकारी हुने र त्यसआधारमा नदीको बहाव क्षेत्र खाली गराउने कार्य तीव्र गतिमा अघि बढाउने निर्णय गरेको मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले बताए ।
सो बैठकमा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादव, प्रदेशका प्रमुख सचिव लोकनाथ पौडेल, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शितल साह, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव जक्की अहमद अन्सारी, धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, डिआइजी यज्ञविनोद पोखरेल, सशस्त्र प्रहरी बलका डिआइजी कालीदास धौवजी, सडक डिभिजन कार्यालय जनकपुरका डिभिजन प्रमुख दिपककुमार झा, धनुषाका प्रमुख मालपोत अधिकृत विष्णुप्रसाद सिटौला, धनुषाका नापी अधिकृत कामेश्वर राउत सहितको उपस्थितिमा रहेको थियो ।
दुग्धमती नदीको बहाव क्षेत्र अतिक्रमण लगायतका स्थितिबारे यथार्थ जानकारी लिन मुख्यमन्त्री सिंह धनुषाको क्षिरेश्वर नगरपालिका–५ स्थित दुग्धमतीको उदगमस्थल देखि लिएर लक्ष्मीनियाँ गाउँपालिकाको वडा नं.३ स्थित बनैनियाँ सम्म अवलोकन गरेका छन् ।
लक्ष्मीनियाँ गाउँपालिकाको वडा नं. ३ स्थित बनैनियाँ भन्दा उत्तर उद्गमस्थल सम्म नदीको बहावक्षेत्र नै अतिक्रमणको चपेटामा परेको छ । त्यस क्षेत्रमा खेतमुनि भएर पानी बग्ने गरेको छ । सरकारी अधिकारीहरू समावेश भएको टोलीले दुग्धमती पोखरी सँगै दक्षिणी भूभाग बनैनियाँसम्मको नदी अवलोकन गरेको उनले भने ।
पौराणिक ग्रन्थमा दुधमती नदीलाई पवित्र नदी मानिन्छ । श्रीपञ्चमीका दिन नदीको उद्गम स्थलमा ठूलो मेला लाग्ने गर्दछ । धार्मिकशास्त्र अनुसार गंगा, सरयुग–जमुना झैं दुग्धमती नदीको धार्मिक महत्व एवं विशेषताहरु रहेका छन् ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन