रौतहट, १३ भदौं । प्रतिनिधि सभा सदस्य किरणकुमार साहले नेपाललाई हिन्दु राष्ट्र बनाउन माग संसदमा उठाएका छन् ।
विहिवार प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) साँसद साहले संविधान र उन्नती तथा पहिचान नदिएकोमा उक्त कुरा संशोधन गरेर नेपाललाई हिन्दु राष्ट्र बनाउन जोडदार रुपमा माग उठाएका हुन् ।
साँसद साह अगाडी भन्छन् “हाम्रो सामु प्रश्न खडा भएको छ, हामीले सोचेका थिएनौं, हामी संविधान संविधानसभा मार्फत आफैँ लेख्यौँ,” “सबै नेताहरूले यसलाई विश्वको सर्बोत्कृष्ट संविधान भने तर, यो संविधानले उन्नति नै दिइराखेको छैन, न त पहिचान त्यसैले संविधान संशोधन गरेर नेपाललाई सनातन हिन्दु राष्ट्रको पहिचान दिनुपर्नेमा जोड दिए ।”
उनले धर्म निरपेक्ष राष्ट्र बनाउँदा विश्व स्वास्थ्य संगठनमा उम्मेदवारी दिँदा पराजयको सामना गर्नुपरेको जिकिर गर्दै धर्म निर्पेक्षले गुमेको साँखलाई सनतान हिन्दु राष्ट्रले फर्काउने अभिव्यक्ति दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन