चोरी भएको मोटरसाइकल फेला पारेर सवारीधनीलाई जिम्मा लगाए प्रहरी

   ८ कार्तिक २०७८, सोमबार ०८:४३  

तराई टप संवाददाता
रौतहट, ८ कार्तिक । रौतहटको चन्द्रपर नगरपालिका ७ जुडिवेला घर भई चन्द्रपुरमा बस्दै आएका अरविन्द चौधरीको हराएको मोटरसाइकल प्रहरीले फेला पारेर सवारीधनीलाई बुझाएको छ ।
चन्द्रपुर नपा २ मा बस्दै आएका चौधरीको गरुडा नपा ५ झाँझ पुल नजिकबाट मोटरसाइकल बरामद भएपछि प्रहरीले सवारीधनी चौधरीलाई इलाका प्रहरी कार्यालय गरुडाले बुझाएको हो ।
सवारीधनी चौधरीले निवेदन दिएपछि प्रहरी खोजी कार्य गर्दा गरुडा नपा ५ झाझ पुल नजिक वेवारिसे अवस्थामा फेला परेका थिए । उक्त मोटरसाइकल गरुडा स्थित एनपी स्टार होटलको पछाडी पाकिंग गरेर खाजा खान गएको समयमा हराएका थिए ।
होटलमा खाजा खान गएको चौधरीको अज्ञात व्यक्तिहरुले पाकिंग गरिएको १६० सिसिको अपाचे मोटरसाइकल चोरी गरेर लगेको थियो । प्रहरीले निकै अनुसन्धान खोज तलास गर्ने क्रममा झाझ पुल नजिक फेला पारेर सवारी धनीलाई जिम्मा लगाएको इप्रका गरुडाका डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै