सर्लाहीको भारत संग जोडिएका नाकाहरुबाट निर्वाध रुपमा तस्करी हुँदै

0 Shares

तराई टप डेष्क
सर्लाही, १४ भदौं । भारत संग जोडिएका सर्लाही जिल्लाको नाकाहरुबाट धमाधम राजस्व छलेर दैनिक लाखौंको मालसामानहरु तस्करीको माध्यमबाट भित्रिने गरेका छन् ।
जिल्लाको सुरक्षाको जिम्मेवारी लिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको साँठगाँठमा सीमापारी भारतीय बजारबाट दैनिक रुपमा लाखौं मूल्यबराबरको मालसामानहरु तस्करीको माध्यमबाट जिल्लामा भित्रयाई विभिन्न स्थानहरुमा निर्वाध रुपमा पुर्याउने कार्य जारी रहेका हुन् ।
सर्लाही जिल्लाका सम्पूर्ण नाका अहिले सुचारु भईसकेको छ । उक्त नाका भएर जाने प्रहरी एवं सशस्त्र युनिटहरुलाई महिनावारी तिरेर नुन देखि सुन सम्मको कारोवार निर्वाध रुपमा जारी रहेपनि यदाकदा देखाउनका लागि केही सामानहरु पक्राउ गरी मिडियाको माध्यमबाट सार्वजनिक गर्ने गरिएको श्रोतले बतायो ।
कारोवार र कारोवारीको विवरण
त्रिभुवननगरमा रहेका अशोक कवाड वाला सहित चार जना पार्टनरले महिनाको २ लाख, सोही स्थानका नरेश पण्डित कवाडी कारोवारीले महिनाको २ लाख रुपैया प्रमुखलाई बुझाएर कारोवारलाई जारी राखेको श्रोतले दाबी गरे ।
मलंगवाबाट
१) बिजय टावरवाला कपडाको कारोवार झिलमिलिया– महिनाको ५० हजार
२) विनायक रेडिमेड (कपडाको कारोवार) ५० हजार ।
३) सन्तोष सिंह (कपडा कारोवार) ३० हजार ।
४) चन्दन सिंह (कुखुरा खसी) ३० हजार ।
५) घनश्याम यादव ( कपडा कारोवार) ६० हजार ।

मलंगवा भन्सारबाट
१) तिन बहिनी (किराना पारचुन) ९ हजार ।
२) उर्मिला सहित २० जना महिलाको समुह (पारचुन किराना) ८० हजार ।

त्रिभुवननगर नाका बाट
१) राजा किराना ९ हजार ।
२) सुधिर संजिव किराना ८ हजार ।
३) भोजपुरिया किराना ८ हजार ।
४) हुसेनी कपडा २५ हजार ।
५) पवन दाजुभाई हार्डवेयर र मोवाइल २० हजार ।

पर्सा नाकाबाट
१) भोला माटरसाइकल ग्रुप किराना १५ हजार ।
२) विजय पुकार मलंगवा र पर्सा ५० हजार ।
३) सन्तोष सबै थोक सामानहरु १ लाख ५० हजार ।
४) उमेश महतो कोइरी सखुवाका कपडा १५ हजार ।
५) विजय गम्हरिया वाला कपडा ४० हजार ।

भाडसर नाकाबाट
१) दिनेश रासायनिक मल र चिनी २० हजार ।
२) ५ जनाको ग्रुपमा किराना सामान २० हजार ।

सग्राम्पुर नाकाबाट
१) उमेश शर्मा कपडा ३० हजार ।
२) शुकिल गाई नेपालबाट भारत ३० हजार ।
३) काले भैंसी ३० हजार ।
यस्तै विभिन्न नाका भएर
१) शम्भु सिंह बरहथवा वाला कपडा ५० हजार ।
२) नारायणपुर बारा रक्सी २० हजार ।
३) खुटौनाका काठ व्यापारी १ लाख ।
तराई टपले सर्लाही सदरमुकाम मलंगवा सहित पूर्वी नाकाहरु भएर दैनिक रुपमा मालसमानहरु ओसार्ने वापत महिनावारीको रुपमा उक्त रकम बुझेर राजस्व छलीका कार्य निर्वाध रुपमा जारी रहेको बुझिएका छन् ।
चाँडै तराई टपको सम्पादक मण्डल सहितको टोली सर्लाहीको पश्चिमी भेगमा रहेका विभिन्न नाकाहरुको अवस्थालाई चाँडै सार्वजनिक गर्ने छौं ।
उक्त कार्य गर्न गराउन र प्रहरी प्रमुख संगको सम्बाद मिलाउने कार्यमा प्रहरी सहायक निरीक्षक तेजनारायण यादवको भुमिका महत्वपूर्ण रहेको छ । उनले नै चारै तिरबाट रकम संकलन गरेर डिष्टिव्यूट गर्दै आएको बझिएका छन् । तेजनारायणले आफनो मानिस परिचालन गरेर अनाधिकृत रुपमा रकम संकलन गर्दै आएको श्रोतको दाबी रहेको छ ।
सर्लाहीको नाकाहरुबाट रासायनिक मल, चिनी, कपडा, सटिंगसुटिंगका कपडा, स्पेयर पाटर््स, किराना सामान, सुर्ती, पशुचौपायामा भैंसी लगायतका सामानहरु तथा नेपालबाट भारत तर्फ मदिरा, नेपाल लिभरका सामानहरु, गाईबस्तुहरुको निर्वाध रुपमा तस्करी कार्य जारी रहेपनि नियन्त्रणको नाममा झारो टार्ने कार्य भईरहेको पाइएका छन् ।
यस विषयमा सशस्त्र प्रहरी सुरक्षा बल नेपाल नम्वर १० गणका एसपी विनोदराज खनालले सर्लाहीमो सीमा चुहावट नभएको र भन्सारको लक्ष्ति राजस्व समेत संकलन भएको दाबी गर्दछन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी रबीन्द्रवहादुर सिंहले सीमामा हुने चुहावट धेरै हद सम्म नियन्त्रणमा रहेको दाबी गर्दै हामीले लाखौंको सामानहरु नियन्त्रणमा लिएर भन्सार दाखिला गरेको हुँदा त्यसो खासै चुहावट नरहेको उनले बताए ।

सर्लाहीको विभिन्न नाकाहरुबाट निर्वाध रुपमा भईरहेका तस्करीका केही फिचर तस्वीरहरु ।

प्रतिक्रिया

सम्बन्धित समाचार