टी–२० विश्वकपमा भारत माथि पाकिस्तानको एतिहासिक जित

   ८ कार्तिक २०७८, सोमबार ०९:००  

रौतहट, ८ कार्तिक । टी–२० विश्वकप अन्तर्गत चिर प्रतिद्धन्दी भारत र पाकिस्तान विच भएको खेलमा पाकिस्तान सामु भारतको लज्जाष्पद हार भएको छ ।
दुवईको शारजाहमा आईतवार राति भएको भारत पाकिस्तान विचको खेलमा शाहीन अफ्रिदीको अगाडी भारतीय स्टार ब्याट्म्यान निरीह सावित भए । शाहीनको उत्कृष्ट बलिङ तथा कप्तान बाबर अजाम र विकेटकिपर मोहम्मद रिजवानले उत्कृष्ट ब्याटिङको कारण पाकिस्तानले टी–२० विश्वकपमा भारत माथि ऐतिहासिक जित हात पारेको हो ।
सुपर १२ को आफ्नो पहिलो खेलमा पाकिस्तानले चिरप्रतिद्वन्द्वी भारतलाई १० विकेटले पराजित गर्दै ऐतिहासिक जित हात पार्न सफल भए । कुनै पनि विश्वकपमा भारत माथि पाकिस्तानको यो पहिलो जित हो । हालसम्म विश्वकपमा भारत र पाकिस्तान १३ पटक भिडेका छन्, जसमा भारत हावी थियो ।
भारतले दिएको १५२ रनको लक्ष्य पाकिस्तानले १७.५ ओभरमा विना विकेटको क्षति पूरा गर्यो । उसका लागि रिजवानले ५५ बलमा ६ चौका र ३ छक्का मद्दतमा अविजित ७८ रन बनाए भने कप्तान बाबरले ५२ बलमा ६ चौका र २ छक्का मद्दतमा अविजित ६८ रन बनाए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ७ विकेट गुमाएर १५१ रन बनाएको थियो । भारतको सुरूवात निकै खराब भयो । शाहीनको पहिलो ओभरको चौथो घातक बलिङ अगाडी हिटम्यान रोहित शर्मालाई शुन्यमा एलबीडब्लू भए भने तेस्रो ओभरको पहिलो बलमा केएल राहुललाई बोल्ड भएपछि भारत निकै दवावमा आए ।
सूर्यकुमार यादव पनि ११ रनमा पभेलियन फर्किएपछि भारतले ३१ रन बनाउँदा तेस्रो विकेट गुमाएको थियो । उसको लागि कप्तान विराट कोहली र ऋषभ पन्तले ५३ रनको साझेदारी गरे । तर पन्तले ३० बलमा ३९ रन जोडे ।
त्यसपछि भारतीय व्याट्सम्यानले ठूलो साझेदारी गर्न सकेनन् । कप्तान कोहलीले ४९ बल खेल्दै ५ चौका र १ छक्का मद्दतमा ५७ रन बनाए । रवीन्द्र जडेजाले १३ र हार्दिक पाण्डेयले ११ रन बनाए । भुवनेश्वर कुमार ५ र मोहम्मद शामी शुन्यमा अविजित रहे ।
पाकिस्तानका लागि शाहीनले ३ विकेट लिए । यस्तै हशन अलीले २ तथा शदाब खान र हरिस राउफले समान १ विकेट लिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै