0
Shares
सर्लाही, १६ भदौं । सर्लाही जिल्लाको हरिपुर नगरपालिकामा एक ५० बर्षिय पुरुषको शव पोखरीमा आईतवार विहान फेला परेको छ ।
हरिपुर नगरपालिका वडा नम्वर ४ हरैया गाउँका ५० बर्षिय सुगरथ माझी घर नजिकैको पोखरीमा मृत अवस्थामा शव स्थानीयहरुले देखेपछि पोखरीबाट निकालेर घर ल्याएर राखेको हो ।
घटना वारे जानकारी पाउना साथ इलाका प्रहरी कार्यालय हरिपुरबाट प्रहरी टोलीले घटनाको मुचुल्का उठाई आवश्यक अनुसन्धान गरिरहेको तथा शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ ।
पारिवारिक श्रोतका अनुसार मृतक माझी छारे (मिर्गी) रोगबाट ग्रसित रहेको बुझिएका छन् ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट