रौतहट, १६ भदौं । कत्र्तव्य ज्यान कसुर मुद्दामा आरोपित रहेका शेख वाहिद अलि भन्ने फुलबाबुलाई प्रहरीले शनिवार साँझ पक्राउ गरेको छ ।
इलका प्रहरी कार्यालय गरुडाको प्रहरी टोलीले आरोपित वाहिद अलिलाई चन्द्रपुरबाट पक्राउ गरेर गरडाको हिरासतमा राखी आवश्यक अनुसन्धान भईरहेको बुझिएको हो ।
२०८० साल जेठ १३ गते राति देवाही गोनाही नगरपालिका वडा नम्वर १ करुनिया घर भएका ७० बर्षिय शेख सैयदको गोली हानी हत्या भएका थिए । सोही हत्याको कसुरमा विभिन्न नामको आरोपितहरु मध्ये एक वाहिद अलिलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय गरुडाको प्रहरी श्रोतबाट जानकारी प्राप्त भएको छ ।
देवाही गोनाही नगरपालिका वडा नम्वर १ करुनिया स्थायी ठेगाना भई हाल चन्द्रपुरमा बस्दै आएका वाहिद अलिलाई प्रहरीले निकै अनुसन्धान पछि नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाएको बताइएको छ । यस विषयमा अनुसन्धान भईरहेको हुँदा विस्तृत जानकारी पछि दिने बुझिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन