बारा, १६ भदौं । बारा जिल्लाको तामागढी–सिम्रौनगढ सडक खण्डको पडरीमा पिकअप भ्यानको ठक्करबाट एक तरकारी व्यवसायीको मृत्यु भएको छ ।
कोल्हवीबाट साइकलमा तरकारी लिएर रौतहट तर्फ आउदै गरेका व्यवसायीलाई कोल्हवीबाट सिम्रौनगढ तर्फ जाँदै गरेका प्रदेश २–०१–४९२० नम्वरको पिकअप भ्यानले ठक्कर दिदा मौलापुर नगरपालिका वडा नम्वर ८ सोनरनियाका ५५ बर्षिय अधिकारी यादवको मृत्यु भएको हो ।
तरकारी व्यवसायी यादवलाई ठक्कर दिने पिकअप भ्यानमा सवार दुई जनालाई इलाका प्रहरी कार्यालय कोल्हवीले नियन्त्रणमा लिएको छ । कोल्हवी १ का साजन चौधरी र प्रिन्स जयसवाललाई नियन्त्रणमा लिएको जानकारी दिदै सई लालु यादवले दुबैले एक अर्का माथि पिकअप चलाइरहेको दोषारोण गरिरहेको हुँदा हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको बताए ।
घटनास्थलमै मृत्यु भएका यादवको शव प्रादेशिक अस्पताल कलैया पोष्टमार्टमका लागि पठाइएको जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन