रौतहट, १६ भदौं । पर्सा जिल्लाको वीरगञ्जलाई कर्म क्षेत्र बनाएर पत्रकारितामा नाम कमाएका वरिष्ठ पत्रकार सुदर्शनराज पाण्डे उच्च रक्तचापका कारण विरामी परेर अस्पताल भर्ना भएका छन् ।
वरिष्ठ पत्रकार पाण्डे मस्तिष्कघातको कारण गम्भीर विरामी भई संघिय राजधानीको टिचिङ अस्पतालमा भर्ना भई उपचार गराईरहेका हुन् । उनको अवस्था निकै क्रिटिकल रहेको हुँदा भेन्टिलेटरमा राखिएको बुझिएको छ ।
वरिष्ठ पत्रकार पाण्डेका छोरा सुरज पाण्डेका अनुसार बुबाको स्वास्थ्य अवस्था निकै नाजुक रहेको छ । टिचिङ्ग हस्पिटलका चिकित्सकहरू पत्रकार पाण्डेको जीवन रक्षाको लागि आवश्यक सम्पूर्ण प्रयास गरिरहेका छन् । परिवारका साथै, उनका साथीहरू, शुभचिन्तकहरूले शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।
तराई टप अनलाईन परिवारले वरिष्ठ पत्रकार पाण्डेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै, संकटको यस घडीमा पाण्डे परिवारलाई धैर्यधारणको कामनाको साथै बाबा पशुपतिनाथले निको पारुन भने कामना गर्दछ ।