असल सभ्यता र संस्कृतिको प्रतिक सागरमाथा रहेको बलिउड अभिनेत्री परिणीति चोपडा

   ८ कार्तिक २०७८, सोमबार ०९:२२  

रौतहट, ८ कार्तिक । बलिउड अभिनेत्री परिणीति चोपडाले मंगलबार बिहान सामाजिक सञ्जालमा आफ्नो केही तस्वीरहरु राखेर सुभ प्रभात सगरमाथा लेखेकी छिन् ।
“तिमीले आज मलाई नम्रता र धर्यको शिक्षा दियौ, यस्तो मनमोहक एवं आकर्षक दृष्यहरुबाट नेपाल एक सौन्दर्य एवं पर्यटनको क्षेत्र नभई असल सभ्यताको प्रतिक रहेको स्मरण गरायौं ।”
सगरमाथाको दृष्यहरुलाई पृष्टभूमीमा राखेर उनले तस्वीरहरु पोस्ट गरेकी छिन् । उनी नीलो जिन्स र कालो टिसर्टमा उभएकी छिन् ।
केही समय देखि परिणीति चोपडा नेपालमा छिन् । बलिउड फिल्म ‘उँचाई’ को छायांकनको शिलशिलामा अनुपम खेर, बोमान ईरानी सँगै उनी नेपाल आएकी हुन् । फिल्मको निर्देशन बलिउडका निर्देशक सूरज बत्राले गर्दैछन् । यो उनको छैठौं फिल्म हो । यसअघि उनले मैने प्यार किया, विवाह, प्रेम रतन धन पायो जस्ता सुपरहिट फिल्म दिइसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै