काठमाडौं, १७ भदौं । भारतीय राष्ट्रिय रक्षा महाविद्यालय (एनडीसी) का शिक्षार्थीहरुको एक प्रतिनिधिमण्डले प्रधानमन्त्री केपी शर्मा आली संग भेटघाट गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा नेपालको अध्ययन भ्रमणमा रहेका भारतीय राष्ट्रिय रक्षा महाविद्यालय (एनडीसी) का शिक्षार्थीहरुले प्रधानमन्त्री ओली संग शिष्टाचार भेटाघाट गरेको हो ।
प्रधानमन्त्री ओलीले उक्त कलेजले रक्षा मामिलामा गर्दै आएको प्राज्ञिक योगदानको प्रशंसा गर्दै दक्षिण एसियाली राष्ट्रहरुको शान्ति र समृद्धिका लागि साझा प्रयास हुनुपर्नेमा जोड दिए ।
उनले गौतम बुद्ध, महात्मा गान्धी जस्ता व्यक्तित्वको जन्म भएको दक्षिण एसियाली क्षेत्रमा हिंसा र विवाद उत्पन्न हुनु संस्कृति र सभ्यता विपरीतका विषय हुने बताए । प्रधानमन्त्री ओलीले नेपाल र भारत बीचको समान संस्कृति, रहनसहन र सभ्यताको चर्चा गर्दै दुई देशबीचको मित्रता सम्बन्धलाई अझ बलियो बनाउने कुरामा जोड दिए ।
भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तब, कलेजका प्रतिनिधि सन्दिप एस सन्दु लगायत सहभागी रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएका छन् ।