मौसम अपडेटः आज मधेश सहित यी स्थानमा भारी बर्षा हुने सम्भावना

0 Shares
रौतहट, १९ भदौं । अहिलेपनि नेपालभरी मनसुनी वायुको प्रभाव कायमै रहेको छ ।
मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिण तिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
मनसुनी वायुको प्रभावको कारण हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, मधेस, गण्डकी प्रदेशका एक–दुई स्थानमा  हल्का वर्षा भइरहेका छन् ।
आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी  प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको  पनि सम्भावना रहेको छ ।
आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना  रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम तथा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार