प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहको कार्यक्रममा ढुंगामुढा

0 Shares
सर्लाही, १९ गते । राजनीतिक कार्यक्रम गर्ने संघिय लोकतान्त्रिक गणतन्त्रमा राजनीतिक दललाई नैसर्गिक अधिकार छ ।
राजनीतिक कार्यक्रममा बाधा एवं व्यवधान उत्पन्न गर्ने गराउने कार्य राजनीतिक रुपमा शोभनिय मान्दैनन्, आखिर जुनसुकै परिस्थितिमा घटना हुनु आफैमा राजनीतिक विकृतिको रुपमा लिने गरिन्छ ।
सर्लाही निर्वाचन क्षेत्र नम्वर ४ बाट स्वतन्त्र रुपमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका साँसद डा. अमरेशकुमार सिंह सहभागी एक कार्यक्रम माथि केही ढुंगामुढा हुनु राजनीतिक रुपमा अस्वभाविक मानिने गरिन्छ ।
हिजो मंगलवार सर्लाहीको धनकौल गाउँपालिका वडा नम्वर ६ र ७ मा कार्यकर्ताहरु संग भेटघाट गर्ने कार्यक्रम तथा स्थानीय एक समाजसेवीको घरमा खानाको कार्यक्रम रहेपनि केही व्यक्तिहरुद्धारा ढुंगामुढा गराएर विथोल्न प्रयास गरियो, जुन राजनीतिक वृत्तमा राम्रो अर्थमा त्यसता कार्यलाई लिदैनन् ।
ठूलो संख्यामा सुरक्षाकर्मीहरु उपस्थित रहेका कारण कुनै अप्रिय घटना हुन सकेनन् । सुरक्षा घेरा बीच स्वतन्त्र प्रतिनिधि सभा साँसद डा. सिंहलाई सुरक्षित रुपमा त्यहाँबाट निकाली उनको पैत्रिक गाउँ बलरा पुर्याइएका सुरक्षा निकायले जनाएको छ ।
सर्लाही प्रहरीका एक सुरक्षा अधिकारीले सांसद सिंहको भाषणका क्रममा ढुंगा प्रहार भएपनि ठुलो संख्यामा प्रहरी परिचालित भएकाले कुनै प्रकारको क्षति भएन ।
सांसद सिंहमाथि ढुंगामुढा प्रहार भएको गाँउ नेपाली कांग्रेस मधेश प्रदेश उपसभापति वीरेन्द्र प्रसाद सिंह र कांग्रेस जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंह रहेको हो । यस बिषयमा स्वतन्त्र साँसद डा. अमरेश सिंहलाई सम्पर्क गर्दा उनको मोवाइल रिसिभ भएन ।
यसैगरी नेपाली काँग्रेस मधेश प्रदेश उपसभापति विरेन्द्र सिंह संग सम्पर्क गर्न खोज्दा उनको पनि मोवाइल उठेन । उता जिल्ला प्रहरी कार्यालय सर्लाहीले पनि वास्तविक्ता बताउन चाहेको छैनन् । इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपीलाई फोन गर्दा घटना भएको स्वीकार्य गरेपनि जानकारी जिल्लाको प्रवक्ता संग लिनु भन्दै पन्छिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार