रौतहट, १९ भदौं । दशैं तिहारको मध्यनजर राख्दै नेपालको आन्तरिक रुपमा उडान गर्दै आएका बायु सेवाहरुले भाडा घटाएर नयाँ भाडादर कायम गरिएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आधार मानी नयाँ भाडा दर निर्धारण गरिएका हुन् । सहरी क्षेत्रका विमानस्थलहरूमा न्यूनतम ४५ रूपैयाँ देखि अधिकतम २६५ रूपैयाँ सम्म भाडा घटाइएको छ ।
काठमाडौं–नेपालगन्ज रुटमा सबैभन्दा बढी २६५ रूपैयाँले भाडा घटाइएको छ भने काठमाडौं–सिमरा रुटमा सबैभन्दा कम ४५ रूपैयाँले भाडा घटाइएको छ ।
विभिन्न रुटहरूको नयाँ भाडादरहरु यसप्रकारको छः
काठमाडौं–भद्रपुरः १५० रूपैयाँ कटौती
काठमाडौं–विराटनगरः १२० रूपैयाँ कटौती
काठमाडौं–जनकपुरः ६५ रूपैयाँ कटौती
भरतपुरः ५० रूपैयाँ कटौती
काठमाडौं–पोखराः ८० रूपैयाँ कटौती
काठमाडौं–भैरहवाः १०५ रूपैयाँ कटौती
यसैगरी, काठमाडौं–धनगढी रुटमा २२० रूपैयाँ, काठमाडौं–सुर्खेत रुटमा १७५ रूपैयाँ, र काठमाडौं–राजविराज रुटमा १०० रूपैयाँले भाडा घटाइएको छ । सम्बन्धित गन्तव्यबाट फर्किने यात्रामा पनि भाडा सोही अनुपातमा घटेको छ ।
घटाइएको नयाँ भाडादर आजदेखि नै लागू भएको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा पाँच रूपैयाँको परिवर्तन हुँदा वायु सेवा कम्पनीहरूले भाडामा समायोजन गरेका छन् ।