रुसी आक्रमणमा ५१ जना युक्रेनीको मृत्यु

0 Shares

युक्रेन, एजेन्सी । रूसले युक्रेनी सहर पोल्टाभामा मंगलबार गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा ५१ जनाको मृत्यु भएको छ भने सयौँ मानिसहरु घाइते भएका छन् ।
सुरक्षा अधिकारीहरूका अनुसार आक्रमण दुई देश बीचको साढे दुई वर्षको युद्धको अवधिमा सबैभन्दा ठूलो एवं घातक आक्रमण रुसले गरेका हुन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त आक्रमणको निन्दा गरेका छन् । रूसले सैन्य प्रशिक्षण सुविधा तथा नजिकैको अस्पताललाई केन्द्रित गरी प्रहार गरेको किभ प्रशासनले जनाएको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्दोश युक्रेनीको हत्या गर्ने ‘रूसी पक्षलार्ई जवाफदेही बनाउने वाचा’ गरेका छन् भने उद्धारकर्ताहरूले आक्रमणबाट प्रभावित भग्नावशेष हटाउने काम गरिरहेका छन् । आक्रमणबाट प्रभावित भवनको भग्नावशेषबाट मानिसहरूको ज्यान बचाउनका लागि यथाशिघ्र प्रयास गरिरहेको जेलेन्स्की प्रयासरत रहेको मिडिया रिेपोर्टमा उल्लेख गरिएको छ ।
यो गम्भीर घटनाप्रति अमेरिका, जर्मनी र बेलायत लगायतका देशले गम्भीर चासो व्यक्त गरेका छन् । यसैबीच अमेरिकी राष्ट्रपति बाइडेनले किभकोे रक्षा गर्न आवश्यक हवाई रक्षा प्रणाली र क्षमताहरू प्रदान गरी सैन्य सहायता जारी राख्ने वाचा गरे ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार