मधेश सहित यी प्रदेशको केहि स्थानहरुमा आज भारी बर्षाको सम्भावना

0 Shares
रौतहट, २० भदौं । नेपालमा अझै मनसुनी वायु पूर्ण रुपमा सक्रिय रहेका छन् ।
मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिण तिर अवस्थित रहेको हुँदा अहिले देशैभरीको प्रायः स्थानहरुमा बर्षा भईरहेका हुन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज देशभरी आँशिक देखि लिएर साधारणतया बदली लाग्ने छ । मधेश, कोशी, वागमती र गण्डकी प्रदेशका अधिकाँश स्थानहरुमा आँशिक देखि मध्यम बर्षा भईरहेको हो ।
आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ । मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  मधेश, कोशी, बाग्मती, लुम्बिनी र कर्णाली  प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना व्यक्त गरिएको छ ।
आज राति मधेश, कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना  रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार