जनकपुरधाम, २० भदौं । धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकाको एक पोखरीमा तीजना बालकको डुबेर मृत्यु भएको छ ।
लक्ष्मीनिया गाउँपालिका वडा नम्वर ७ लक्ष्मीनियामा रहेको पोखरीमा बुधवार साँझ पौडि खेल्न गएका तीन जना बालकको डुबेर मृत्यु भएको प्रहरीले जनाएको हो ।
१० वर्षीय आदित्यकुमार साह, ८ वर्षीय आयुश साह र १४ वर्षीय सुशान्त साहको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवाका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिए ।
आफन्तको घरमा गएका बेला उनीहरू पौडी खेल्न गएको र सोही क्रममा डुबेर मृत्यु भएको प्रारम्भी अनुसन्धानबाट बुझिएको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।