प्रादेशिक अस्पताल गौरको बेथेती कहिले अन्त्य होला ?

0 Shares
प्रभातकुमार झा
स्वास्थ्य, शिक्षा तथा आम मानिसको जनजीवन संग जोडिएका सबाल भएका क्षेत्रमा कुनैपनि हो हल्ला, कोलाहल, नृत्य संगीत एवं अराजक कार्यहरु गर्न पाइदैनन्, यती मात्रै नभई मदिरा पान, चुरोट लगायतका मानव स्वास्थ्यमा पर्न सकिने असर भएका लागुऔषध एवं मद्यपानको विक्री वितरण गर्न नपाइने कानुनी व्यवस्था रहेको छ तर हाम्रो समाजमा त्यस्ता कार्यहरु नभएको विरलै हेर्न पाइन्छन् ।
यस्तै उदाहरण रौतहट जिल्लालाई लिन सकिन्छ । नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले तोकेका मापदण्ड वपरित त्यस्ता हर्कहरु भईरहेको छ, ठूलठूला ध्वनीमा नृत्य संगीत चलिरहेको छ, मद्यपान, लागुऔषधको सेवन पनि भईरहेको छ, विद्यालय क्षेत्र नजिकै यस्ता पसलहरु प्रशस्त मात्रामा पाइन्छ, जिल्लाभरी डिजे साउण्ड बजाउन स्थानीय प्रहरी प्रशासनले प्रतिबन्ध लगाएपनि त्यो प्रतिबन्ध कागजमै सिमित रहेको छ, निर्वाध रुपमा सीमा चुहावटको काम जारी नै छ, जिल्लामा अपराधीक कार्यले जरो गाडिसकेको छ तर अभियुक्त समात्न एवं अपराधलाई नियन्त्रण गर्न सम्बध क्षेत्र असफल देखिन्छ त्यसैले रौतहट जिल्लाको हरेक क्षेत्र लथालिंगको अवस्थाबाट गुज्रिरहेको छ चाहे प्रादेशिक अस्पताल गौरको अवस्था किन न होस ? प्रश्न चौतफी रुपमा उठ्नु स्वभाविकै हो ।
यहाँबाट निर्वाचित जनप्रतिनिधिहरुको त केही जवाफदेहिता होला ? यहाँको विधी व्यवस्थालाई परिमार्जन गरेर सुधारको पक्षमा किन अगाडी बढाउने प्रयास नगरिएको होला ? जनप्रतिनिधिज्यूहरु भनेर जनताहरु पनि प्रश्न गर्न छाडिसकेका छन् । त्यसै हुनाले बाध्य भएर भन्ने गरेका छौं हरेक निकाय बेथेतीको अवस्थाबाट गुज्रिरहेको पाइन्छ ।
हरेक तह तप्काले आफनो काम कत्र्तव्य विर्षिसकेको हुँदा संचार क्षेत्रले निर्भिकताका साथ कलम चलाउनुपर्नेमा संचार क्षेत्र पनि दुई वा सो भन्दा बढि खेमामा विभाजन गरेर त्यस्ता तत्वहरु आफनो उल्लु सिधा कार्यलाई गदैं आएका छन् ।
स्वास्थ्य उपचार हुने स्थान अस्पताल आफैमा एक अत्यन्तै संवेदनशिल क्षेत्रको रुपमा मानिन्छ । अस्पतालका कतिपय कक्षहरुमा मोबाइल र उच्च ध्वनी प्रसारण गर्ने साँगीतिक यन्त्रहरुको प्रयोगमा बन्देज नै लगाइको हुन्छ भने अस्पतालसँगै जोडिएका सडकहरुमा पनि सवारी साधनलाई हर्न बजाउन निषेध गरिएको हुन्छ । तर रौतहटको गौरमा रहेको प्रादेशिक अस्पतालमै चिकित्सक, कर्मचारी तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सहितका व्यक्तिहरुले स्पीकरमा भोजपुरी गीत बजाएर नाच्ने कार्यक्रमनै गरेका छन ।
प्रादेशिक अस्पताल गौरमा सोमबार तीज मनाउने क्रममा महिला कर्मचारीहरु सँगै पुरुषहरु पनि सहभागी भएर होहल्ला गर्दै भोजपुरी गीतमा नाचेको भिडियो समाजिक संजालमा भाइरल भएको छ । अस्पताल भित्रै रहेको हलमा स्पीकर बजाएर गरिएको सो कार्यक्रमको चौतर्फी रुपमा चर्को आलोचना भइरहेको छ ।
प्रतिनिधि सभाको बैठकमा वारा जिल्लाका साँसद किसान श्रेष्ठले मंगलवार सँसदमा गौर अस्पतालको सम्बन्धमा आवाज उठाए । साँसद श्रेष्ठले गौर अस्पतालमा भएको सो कार्यक्रमको भत्र्सना गर्दै अस्पतालका जिम्मेवार पदाधिकारीलाई कारवाही गर्न माँग गरे ।
“अस्पतालको माथिल्लो तल्लामा रहेको हलमा तीजको कार्यक्रम भएको प्रादेशिक अस्पताल गौरका अध्यक्ष अनवर हासमीले बताए ।” “हासमी भन्छन्ः अस्पतालमा कार्यरत कर्मचारीहरु तीज मनाउन विदा मागिरहेको अवस्थामा अस्पतालमै गर्न प्रबन्ध मिलाइएको तर सभ्य रुपमा कार्यक्रम गरियो तर यस विषयमा अनर्गल रुपमा प्रचारवाजी गरियो जुन अत्यन्तै निन्दनीय रहेको बताए ।”
अस्पताललाई अत्यन्तै व्यवस्थित बनाएर यहाँका जनताहरुलाई सुविधा दिने कार्यप्रति मुख्य रुपमा ध्यान केन्द्रीत गरेको उनले बताए ।
स्मरणीय रहोस, अस्पताल जस्ता सम्बेदनशिल विषय डिजेमा ध्वनी प्रदुषणमा साँगीतिक कार्यक्रम गर्दा उपचार गराई रहेका विरामीहरुको स्वास्थ्य माथि कस्तो असर परेको होला ? त्यसमाथि अलिकति पनि बिचार किन पुर्याइएन, मानव स्वास्थ्य संग खेलवाड गर्ने मेसु सहित व्यवस्थापन समिति अध्यक्ष सहितले आ आफनो जिम्मेवारी पूर्ण रुपमा निर्वाह गरेर अस्पताललाई राजनीतिक एवं व्यवपारिक मुक्त बनाई अघि बढेमा मात्रै प्रादेशिक अस्पताल सुधार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार