अमेरिकाले पठाएको फाइजरको खोप नेपाल आइगे

453 Shares

तराई टप संवाददाता
रौतहट, ८ कार्तिक । कोभिड १९ विरुद्धको खोप अमेरिकाले नेपाललाई पठाएको १ लाख ६ सय २० डोज फाइजरको खोप नेपाल आइपुगेको छ ।
नेपाललाई अमेकी अनुदानबाट पठाइएको फाइजरको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान आइपुगेको हो ।
अमेरिकाबाट आउने खोप १२ वर्ष देखि १८ वर्ष मुनिका दीर्घरोगी किशोरकिशोरीलाई लगाइने स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्ण प्रसाद पौडेलको अनुसार तिहार र छठ पर्व सकिए पछि खोप कार्यक्रम सुरु हुनेछ ।
यसअघि गत जुलाईमा १५ लाख ३० हजार डोज जोन्सन एन्ड जोन्सनको खोप अमेरिकाले नेपालमा पठाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार