नेपाल सरकारको शर्त सहित टिकटक माथिको पूर्ण प्रतिबन्ध हटाउनमा सहमती

0 Shares

रौतहट, २० भदौं । नेपाल सरकारले टिकटक माथि लगाइएको प्रतिबन्ध हटाउन शर्त सहितको निर्णयपछि प्रतिबन्ध हटाउने निर्णय भएका छन् ।
शर्तसहितको प्रतिबन्ध हटाउने सरकारको निर्णयपछि टिकटकका प्रतिनिधिहरु संघिय राजधानी काठमाडौं आएका हुन् ।
उनीहरुले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारले राखेका शर्तहरु बारे छलफल गरे । टिकटकको सिंगापुर स्थित कार्यालयबाट आएका तीन जना प्रतिनिधिहरु सरकारले राखेका शर्तहरु पूरा गर्ने प्रतिवद्धता पत्र तुरुन्तै दिन सकिने बताएको मन्त्रालय स्रोतबाट बुझिएको छ ।
स्रोतका अनुसार सरकारले टिकटक का प्रतिनिधि संग राखेका शर्त बाहेक अन्य विषयमा पनि नेपाल सरकारलाई सघाउन सक्ने बताएका छन् । सामाजिक सद्भाव खलबल्याएको भन्दै सरकारले २०८० साल कार्तिक २७ गते टिकटक बन्द गरेको थियो । त्यसको करिब साढे नौ महिनापछि गत ६ भदौमा सरकारले शर्तसहित टिकटकमाथिको प्रतिबन्ध हटाएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार