रौतहट, २० भदौं । स्थानीय भाषा एवं संस्कृतिको जगेर्ना गर्न गराउन स्थानीय तहको नैसर्गीक अधिकार रहेको छ, सोही अधिकारको अनुरुप गौर नगरपालिकाले पनि स्थानीय भाषामा पाठ्यक्रम तयार गराउनमा जोड दिएका छन् ।
गौर नगरपालिका र जन जागरण युबा क्लव बाराको सहकार्यमा युके एडको आर्थिक सहयोगमा भिएसओ नेपालद्धारा विहिवार गौर नगरपालिकाको सभाकक्षमा स्थानिय पाठयक्रम निर्माण सम्बन्धि आवस्यकता पहिचानका लागि कार्यशाला सम्पन्न भएका हुन् ।
जन जागरण युवा क्लब, बाराले समावेशी तथा गुणस्तरीय शिक्षाका लागि एक्टिभ परियोजना बिगत ३ बर्ष देखि गौर नगरमा संचालन गर्दै अइरहेको छ । स्थानीय पाठ्यक्रम निर्माणका लागि सहजिकरण गर्नका निमित्त शिक्षाबिद एवं भाग्योदय क्याम्पस साँखु काठमाडौंको क्याम्पस प्रमुख प्रशिक्षक बौद्ध राज निरौला, भिएसओ का शिक्षा बिज्ञ केश भट्टले पाठ्यक्रम तयार कसरी गर्ने विषय बस्तुको उठानका लागि प्रशिक्षण दिए ।

स्थानीय भाषा, संस्कृति, धर्म माथि कुनै असर वा खलल पर्ने नगरी पाठ्यक्रम तयार पारेर सोही अनुसारको पाठ्यपुस्तकको लेखन कार्य अघि बढाउने तयारी समेत भईरुहेको जनजागरण युव क्लब बाराका कार्यक्रम प्रबन्धक मनोज यादवले जानकारी दिए ।

गौर नगरपालिकाको मेयर शम्भु साहको प्रमुख आतिथ्यमा उक्त कार्यशाल सम्पन्न भएको थियो । कार्यशालालाई सम्बोधन गर्दै मेयर साहले स्थानीय भाषा बज्जिका, संस्कृतलाई समावेश गरेर पाठ्यक्रम तयार पार्दा प्रभावकारी हुनेछ, यसको बाहेक अन्य भाषाको प्रचलन भए त्यसलाई सहमतीको आधारमा छनौट गरेर पाठ्यक्रम तयार गर्नुपर्ने जिकिर गरे ।

सो कार्यक्रममा गौर नगरको प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुर, जन जागरण युवा क्लव वाराका संयोजक कौशल किशोर साह, भिएसओ का प्रतिनिधि केश भट, जन जागरण युवा क्लव बाराको सामुदायिक परिचालक सुनिला यादव र पुजा सिंह, दशकौं सम्म शिक्षा क्षेत्रमा रहेर सेवा निवृत्त हुनु भएका पूर्व शिक्षक वर्गहरु, बहालवाला प्रधानाध्यापकहरु, शिक्षक, संचारकर्मीहरु, विद्यालयका विद्यार्थीहरु सहित गौर नगरपालिका शिक्षा शाखाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको जन जागरण युवा क्लव बाराका प्रबन्धक मनोज यादवले दिए ।
आवश्यक्ता एवं पहिचान कार्यशाला पछि लेखन कार्यदलाई दुई दिवशिय कार्यशाला संचालन र १५ देखी २० दिन सम्ममा पहिचान भएका बिषयहरूमा पाठ्यक्रम लेखन कार्य प्रशिक्षकको सहयोगमा तयार पारेर स्थानिय पाठ्यक्रमलाई पूर्णता दिइने योजना रहेको जन जागरण युवा क्लवका कर्यक्रम प्रबन्धक यादवले बताए ।

प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट